Comments Add Comment

हाप्किडो संघ रुपन्देहीको अध्यक्षमा महरा चयन

१४ फागुन, बुटवल । नेपाल मार्शल आर्टस हाप्किडो संघ रुपन्देहीको प्रथम जिल्ला अधिवेशनले नया नेतृत्व चयन गरेको छ ।

बुधबार बुटवलमा आयोजित प्रथम जिल्ला अधिवेशनले रेशम बहादुर महराको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति सर्वसम्मत रुपमा चयन गरेको हो ।

संघको उपाध्यक्षद्वयमा गणेश पाण्डे र तुल्सीबहादुर भण्डारी, सचिवमा चुमलाल श्रेष्ठ, कोषाध्यक्षमा कुलदीप कार्की, सदस्यहरुमा पूजा दर्नाल, कमानसिंह डाँगी, मीरा पौडेल, दोमन बराल, शंकर घिमिरे र संजीव मास्के निर्वाचित भएका छन् ।

नवनिर्वाचित समितिलाई कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमा आर्चायले खादा तथा अबीर लगाएर सम्मान गरिन् ।

संघको आयोजनामा आगामी चैत्र २४, २५ र २६ गते बुटवलमा राष्ट्रिय स्तरको हाप्किडो प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगितामा महिला र पुरुषतर्फ २५ देखि ७० केजीसम्मका प्रतिस्पर्धाहरु हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment