+
+
Shares

डिशहोमको ‘भोजपुरी च्यानल’

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १४ गते २१:२१

१४ फागुन, काठमाडौं । डिशहोमले ‘भोजपुरी च्यानल’ संचालनमा ल्याएको छ।

डिशहोमले मनोरञ्जनात्मक कार्यक्रम प्रशारण हुने रमाइलो टिभी, खेलकुद च्यानल एक्सन स्पोर्टस्, बालबालिकाका लागि राईम्स र जुनिएर टिभी, सिनेमा घर, नेपाली चलचित्र मात्र प्रशारण हुने प्लस म”भि जस्ता विभिन्न च्यानल सञ्चालन गरिरहेकामा भोजपुरी भाषाको मनोरञ्जनात्मक ‘भोजपुरी म्याजिक’ नामक च्यानल पनि सुरु गरेको छ।

भोजपुरी चलचित्र र गीत प्रशारण हुने यस च्यानलले नेपाली दर्शकलाई भिन्न स्वाद र मनोरञ्जन दिने डिशहोमको विश्वास छ। ‘साथमा भोजपुरी भाषाको गीत गाउने कलाकारहरुले उपलब्ध गराएको गीत समेत यस च्यानलमा प्रशारण गरिने छ, जसबाट क्षेत्रस्य भाषाको गीत गाउने स्थानीय कलाकारको प्रतिभालाई समेत नेपाल भर पु¥याउन यस च्यानलले सहयोग गर्ने छ,’ डिशहोमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?