+
+
Shares

प्रधानमन्त्री ओली र कांग्रेस नेता कोइरालाबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १५ गते १२:१६

१५ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार विहान साढे आठ बजेदेखि करिब डेढ घण्टा कुराकानी भएको हो ।

नेताद्वयबीच पछिल्लो राजनीतिक घट्नाक्रम, संविधान संशोधन, अडियो टेप प्रकरण लगायतका विषयमा छलफल भएको कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए ।

उनका अनुसार प्रधानमन्त्री ओलीले जन्मदिनको केक लगायतका विषयमा पार्टी कार्यकर्ताले आलोचना गर्दा आफूलाई दुःख लागेको बताएका थिए ।

पार्टीमा आन्तरिक द्वन्द्व चर्किरहेका बेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दलका नेतासँग भेटवार्ता गरेका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?