+
+
Shares

अष्टलक्ष्मी शाक्यको प्रश्न : नेपालको नक्शा केक बनाएर चिरा पार्ने संस्कार कहाँबाट आयो ?

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १५ गते १३:४२

१५ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीकी बागमती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले जन्मदिनमा केक नकाट्न नेकपा कार्यकर्तालाई आग्रह गरेकी छन् ।

नेकपाको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा उनले केक काट्ने संस्कृति नेपालीको नभएको बताइन् ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली उपस्थित कार्यक्रममा उनले प्रश्न गरिन् ‘नेपालको नक्साको केक बनाएर चिरा पार्ने संस्कार कहाँबाट आयो ?’

केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जन्मदिनको अवसरमा नेपाली नक्शा आकारको केक काटेका थिए । शाक्यले उक्त घटनालाई लक्षित गर्दै कम्युनिस्ट पार्टीका नेता कार्यकतामा सामन्ती संस्कार देखिनु चिन्ताजनक भएको बताइन् । सत्तामा बसेर पार्टीका नेताहरु लेनदेनमा संलग्न हुनु गलत भएको नेतृ शाक्यले बताइन् । उनले सचिवालय सदस्य र पार्टीका मूल नेतृत्वले कार्यकर्तालाई उत्साहित बनाउने अभिव्यक्ति दिन आग्रह गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?