Comments Add Comment

पुस्तकको कर हट्दैन, बहस गर्न तयार छु : अर्थमन्त्री

१५ फागुन, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पुस्तक आयातमा लागेको कर तत्काल नहट्ने बताएका छन् ।

सरकारले विदेशी पुस्तक आयात गर्दा अंकित मुल्यको १० प्रतिशत कर लिन थालेको छ । यसको विरोध गर्दै आन्दोलन भइरहेका बेला सरकारका प्रवक्तासमेत रहेका खतिवडाले अर्को संसदले छलफल गरेर नटुंग्याएसम्म नयाँ निर्णय नहुने बताए ।

मन्त्रिपरिषद्को निर्णयहरु सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले विभिन्न मुलकले पुस्तक बिक्रीमा ५ देखि १८ प्रतिशत कर लगाउने गरेको बताए । नेपालमा अर्बौं लगानी गरेर छापाखाना खुलेकाले स्वदेशी उद्योगलाई संरक्षण गर्नु सरकारको दायित्व भएको उनले बताए ।

नेपालमा खुलेका छापाखानाले कागज ल्याउँदा समेत १५ प्रतिशत कर तिर्नुपर्ने भएकाले उनीहरुले कर नै नतिरेर ल्याउने पुस्तकसँग प्रतिस्पर्धा गर्न नसक्ने बताए ।

कर नलिने भएपछि जति मूल्यांकन गरे पनि हुने र सरकारले पनि ध्यान नदिने भन्दै उनले भने, ‘पुस्तकको ब्यापार भनेको ज्ञानको व्यापार होइन । पुस्तकको ब्यापार गर्दा नाफा कमाइन्छ भने सरकारलाई कर पनि तिनुपर्छ ।’

पुस्तक बिक्री गर्दा ३५ देखि ४० प्रतिशत नाफा हुने भन्दै उनले ब्यापारमा कर लगाउने प्रष्ट पारे । यसबारे आफू बहस गर्न तयार रहेको समेत उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment