Comments Add Comment

विवादरहित र शान्त भएको दिन पार्टी नै चाहिँदैन : प्रचण्ड

१५ फागुन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा विवाद, संघर्ष हुनु स्वभाविक भएको बताएका छन् ।

बागमती प्रदेशस्तरीय प्रशिक्षणमा प्रचण्ड विवाद र समस्या नभएको दिन पार्टी नै नचाहिने बताए ।

उपाध्यक्ष बामदेव गौतमलाई राष्टियसभा सदस्य बनाउने निर्णयसँगै पार्टीमा देखिएको विवादतर्फ संकेत गर्दै उनले भने, ‘अहिले केके भयो जस्तो लागेको होला, कुनै हालतमा विघटन वा विभावन हुन दिनौं । एकढिक्का भएर समस्या समाधान गर्छौं ।’

पार्टी जमेको पोखरी नभएको भन्दै उनले भुमरी परिरहने र गडडाउँदै अगाडि बढ्ने बताए । ‘धेरेलाई लाग्नसक्छ, पार्टी शान्त भइदिए हुन्थ्यो । नेताहरु खुरुक्क मिलेर हिँडे हुन्थ्यो,’ नेकपा अध्यक्ष प्रचण्डले भने, ‘हामीलाई पनि त्यस्तै लाग्छ, हामीले पनि एकतावद्ध हुन कोसिस गर्ने हो । तर जुन दिन विवादरहित र शान्त भएपछि समाजवाद आउँछ र त्यसपछि पार्टी नै चाहिँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment