Comments Add Comment

इड्लिबमा हवाई आक्रमण, कम्तीमा २९ टर्किस सेनाकाे मृत्यु

सैन्य पोस्टबाट नहटे जवाफी कारबाही गर्ने टर्कीको चेतावनी

१६ फागुन, काठमाडौं । सिरियाले इड्लिबमा गरेको हवाई हमलामा कम्तीमा २९ टर्किस सेनाको मृत्यु भएको छ । केही दर्जन घाइते भएका छन् ।

सिरियाको उत्तर–पश्चिम क्षेत्र इड्लिबमा सिरियाले बिहीबार साँझ गरेको हवाई आक्रमणमा टर्किस सैनिक मारिएका हुन् ।

टर्कीका प्रान्तीय गर्भनर रहमी डुगनले सिरियाको आक्रमणमा आफ्ना सैनिक मारिएको पुष्टि गर्दै कैयन घाइते भएको जनाएका छन् ।

इड्लिब प्रान्त त्यहाँका विद्रोहीहरूको कब्जामा रहँदै आएको छ । तर, सिरियाली सैन्य बल, जसलाई रुसको समर्थन छ, ऊ विद्रोही समूहको दबदबा हटाएर त्यसलाई आफ्नो कब्जामा ल्याउन चाहन्छ ।

टर्की भने विद्रोहीको पक्षमा उभिँदै आएको छ ।

टर्कीका राष्ट्रपति रेजेप तय्यीप एर्दोआनले सैन्य पोस्टबाट फिर्ता हुन सिरियाली फौजलाई आग्रह गरेका छन् । आग्रह अटेरी गरे टर्की चुप लागेर नबस्ने चेतावनी उनले दिएका छन् । तर, सिरिया र रुसले भने टर्कीको आग्रहलाई टार्दै आइरहेका छन् ।

बीबीसीका अनुसार, घटनापछि टर्कीमा हलचल आएको छ । त्यहाँका राष्ट्रपति एर्दोआनले आकस्मिक सुरक्षा संयन्त्रको उच्चस्तरीय बैठक डाकेका छन् ।

*इड्लिबमा सिरियाको हवाई हमला हुनुपर्नेमा भुलवश अन्यथा पर्न गएकाले सच्याइको छ । सं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment