Comments Add Comment

युनाइटेड अन्तिम १६ मा, आर्सनल बाहिरियो

काठमाडौं । इंग्लिस क्लब म्यानचेष्टर युनाइटेड र वल्भ्स युरोपा लिगको अन्तिम १६ मा प्रवेश गर्दा आर्सनल भने अन्तिम ३२ बाटै बाहिरिएको छ ।

बेल्जियन क्लब ब्रुगलाई दोस्रो लेगमा ५–० ले पराजित गर्दै युनाइटेड समग्रमा ६–१ ले विजयी भएको हो । पहिलो लेग १–१ को बराबरीमा सकिएको थियो ।

घरेलु मैदान ओल्ट ट्राफोर्डमा भएको खेलमा युनाइटेडका लागि फ्रेडले दुई गोल गरे भने ब्रुनो फर्नान्डेज, ओडियन ओघालो र स्कट म्याकटोमिनेले एक–एक गोल गरे ।

खेलको २३ औं मिनेटमा ब्रुगका सिमोन डेली रातो कार्ड खाँदै मैदान बाहिरिउपछि ब्रग दश खेलाडीमा झरेको थियो । त्यसको फाइदा उठाउँदै युनाइटेडले ५ गोल गरेको हो ।

उता, लण्ड क्लब आर्सनलले पहिलो लेग अवे मैदानमा १–० ले जितेपछि दोस्रो लेगमा ग्रिक क्लब ओलम्पियाकोसंग घरेलु मैदानमै २–१ ले हारेपछि अवे गोलका आधारमा बाहरियो । समग्रमा नतिजा २–२ भए पनि घरेलु मैदानमा दुई गोल व्यहोरेपछि आर्सनल अभागी बनेको हो । एमरेट्स स्टेडियममा भएको खेलमा पिएरे एमरिङ ओवामेयाङले खेलको अन्तिममा गोल्डेन चान्स गुमाउँदा आर्सनल पराजित भयो ।

४३औं मिनेटमा पापे अबाउ सिसेले गोल गर्दै लम्पियाकोसलाई अग्रता दिलाएका थिए । निर्धारित ९० मिनेटमा ओलम्पियाकोसले अग्रता कायम राख्दा नतिजा समग्रमा १–१ भएको थियो ।
त्यसपछि थप गरिएको ३० मिनेटमा दुवै टिमले एक–एक गोल थपे । ११३ औं मिनेट ओवामेयाङले गोल गर्दै आर्सनललाई १–१ को बराबरीमा ल्याए । तर १२० औं मिनेटमा युसुफ एल अरबीले गोल गर्दै ओलम्पियाकोसलाई २–१ को अग्रता दिलाउँदा समग्रमा नतिजा २–२ भयो । त्यसपछि ओलम्पियाकोस अवे गोलका आधारमा अन्तिम १६ मा प्रवेश गरेको हो ।

यस्तै अर्को इंग्लिस क्लब वल्भ्सले स्पानिस क्लब स्पायोललाई समग्रमा ६–३ ले पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेको छ । पहिलो लेगमा ४–० को जित हात पारेको वल्भ्सले दोस्रो लेग ३–२ ले हारेपनि समग्रमा खेल ६–२ ले जितेको हो ।

यस्तै इटालियन क्लबद्वय इन्टर मिलान र रोमा पनि अन्तिम १६ मा प्रवेश गरेका छन् । जर्मनी वायर लेभरकुजन र उल्सवर्ग तथा स्पेनबाट सेभिया पनि अन्तिम १६ मा पुगेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment