Comments Add Comment

दुधजन्य पदार्थमा हानिकारक रसायन मिसाउन अनुमति दिएका छैनौं : विभाग

१६ फागुन, काठमाडौं । दुधजन्य पदार्थ र शिशु आहारमा हानिकारक रसायन मिसाउन कसैलाई पनि अनुमति नदिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले स्पष्ट पारेको छ ।

सरकारले दुधजन्य र अन्य शिशु आहारमा हानिकारक औद्योगिक रसायन मेलामाइन मिसाउन अनुमति दिएको समाचार यसअघि प्रकाशमा आएको थियो । समाचारपछि उपभोक्ताहरू चिन्तित बनेका छन् । तर, विभागले यसबारे प्रष्ट पार्दै कसैलाई पनि हानिकारिक रसायन मिसाउन अनुमति नदिएको जनाएको छ ।

‘दुग्धजन्य पदार्थमा कुनै पनि अखाद्य पदार्थ मिसावट गर्न पाइँदैन,’ विभागले शुक्रबार एक ध्यानाकर्षण पत्र सार्वजनिक गर्दै भनेको छ, ‘एफएओ/डब्ललूएचओअन्तर्गत खाद्य पदार्थको अन्तर्राष्ट्रिय मापदण्ड निर्धारण गर्ने संस्थाले वैज्ञानिक अनुसन्धान तथा तथ्यको आधारमा तोकेको र नेपाल सरकारले निर्धारण गरेको मापदण्डअनुसार सबै प्रकारका खाद्य पदार्थको अनुगमन तथा परीक्षण गर्ने गरेको छ ।’

जनस्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित विषयमा विभाग सचेत र सजग रहेको जनाउँदै विभागले भ्रममा नपर्न सबैमा आग्रह गरेको छ । साथै उसले निर्धारित मापदण्डविपरीतका काम भएको पाइएमा खाद्य ऐन र नियमावली अनुसार कारबाही गर्ने चेतावनी पनि दिएको छ ।

‘कसैले निर्धारित मापदण्डविपरीत कार्य गरेमा खाद्य ऐन, २०२३ र खाद्य नियमावली, २०२७ बमोजिम कारबाही हुने व्यहोरा जानकारी गराइन्छ,’ विभागद्वारा जारी ध्यानाकर्षण पत्रमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment