+
+
Shares

ट्याक्टर र मोटरसाइकल ठोक्किँदा नवलपरासीमा एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १६ गते ११:१२

१६ फागुन, नवलपरासी । पूर्वी नवलपरासीको देवचुली नगरपालिका-१३ कैलाश चोकमा नजिक बिहीबार राति ट्याक्टर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक गैडाकोट नगरपालिका-१५ का २१ वर्षीय दिनेश गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट पूर्वका प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहनबहादुर खाँणले जानकारी दिए ।

दलदले चोकबाट उत्तरतर्फ जाँदै गरेको लु३त ४८३३ नम्बरको ट्याक्टर र विपरीत दिशाबाट आउँदै गरेको ना५५प ३१६४ नम्बरको मोटरसाइकल एक ठोक्किँदा गम्भीर घाइते भएका गुरुङको पुरानो मेडिकल कलेज चितवनमा उपचारका क्रममा मृत्यु भएको हो ।

मोटरसाइकलमा सवार १९ वर्षीय प्रितम गुरुङको पुरानो मेडिकल कलेज चितवनमै उपचार भइरहेको प्रहरीले जानकारी दिएको ।

ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?