Comments Add Comment

साझाको लुम्बिनी भेलामा सहभागीले धारणा राख्दै

१६ फागुन, काठमाडौं । साझा पार्टीको तीन दिने राष्ट्रिय भेला आज पनि लुम्बिनीमा जारी छ ।

जारी भेलाको दोस्रो दिन आज सहभागीहरूले आफ्नो धारणा राख्दै छन् । साझा पार्टीका अनुसार, सहभागीहरूले समूहगत धारणा राख्ने छन् ।

सहभागीहरूको भनाइ सकिएपछि नेताहरूले त्यसबारे जवाफ दिनेछन् । तर, जवाफ दिने कार्यक्रम भने भोलिका लागि तय गरिएको छ । ।

भेलामा सातै प्रदेश र विदेशस्थित सद्भाव समूहबाट गरेर पाँच सय अगुवा सदस्यहरू सहभागी छन् ।

अन्तिम दिन नै पार्टीको रणनीति र कार्ययोजना पारित गरी लुम्बिनी घोषणापत्र जारी हुने उनले साझाका प्रवक्ता डा. सूर्यराज आचार्यले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment