Comments Add Comment

जब दुई ‘आमा’को भेट भयो…

नेपालको पहिलो चलचित्र हो, ‘आमा’ । यो चलचित्रसँग नेपाली चलचित्रको इतिहास जोडिएको छ । नेपाली चलचित्रको हरेक कालखण्डमा यो चलचित्रको नाम सबैभन्दा अगाडि आउँछ ।

यो चलचित्रकी नायिका हुन्, भूवन चन्द । भूवन चन्द नेपाली चलचित्रकी नै पहिलो नायिका हुन् । भूवनले चलचित्र ‘आमा’मा मुख्य भूमिका निर्वाहा गरेकाले पनि उनलाई नेपाली चलचित्रकी ‘आमा’ भन्दा फरक पर्दैन ।

अहिले, चलचित्र घरमा ‘आमा’ नाममा नै अर्को चलचित्र चलिरहेको छ । यो चलचित्रको कथा भन्ने शैली पहिलो चलचित्र ‘आमा’को भन्दा फरक छ । यो चलचित्रमा ‘आमा’ बनेकी छिन्, मिथिला शर्मा ।

चलचित्र ‘आमा’को विशेष शोमा भूवन चन्द र मिथिला शर्माको भेट भयो । यो भेट विशेष थियो । किनकी, चलचित्र क्षेत्रका दुई ‘आमा’को भेट पक्कै पनि विशेष पल हो । चलचित्र हेरिसकेपछि भूवन चन्दले अर्की कलाकार मिथिला शर्माको कामको खुलेरै प्रशंसा गरिन् । उनले, ‘आमा’ चलचित्रको हरेक पाटो उत्कृष्ट रहेको सुनाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment