Comments Add Comment

लागूऔषधसहित दम्पती पक्राउ 

१६ फागुन, विराटनगर । लागूऔषधसहित प्रहरीले मोरङबाट एक दम्पतीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विराटगनर– ११ पिचरा घर बताउने २६ वर्षीय दिपेश श्रेष्ठ र उनकी श्रीमती २१ वर्षीय तृष्ण श्रेष्ठ छन् ।

बिहीबार राति करिब १२ बजे २६० एम्पुल लागूऔषधसहित विराटनगर–११ बसपार्कबाट श्रीमान श्रीमती पक्राउ परेका हुन् ।

प्रहरीको गस्ती टोलीले उनीहरुमाथि शंका लागेर चेकजाँच गरेको थियो । चेकजाँचको क्रममा उनीहरुको साथबाट लुपिजेसिक, एभिल, डाइजोल्याप २६० एम्पुल र तीनवटा सिरिन्ज बरामद गरेको मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक मानबहादुर राईले बताए ।

प्रारम्भिक अनुसन्धानका क्रममा श्रीमान श्रीमती नै लौगूऔषध प्रयोगकर्ता रहेको पाइएको उनले बताए । राईका अनुसार दुबैजना जोगवनीबाट विराटनगर घर फर्कँदै थिए ।

लागूऔषधको मात्रा बढी भएका कारण उनीहरु बिक्रीमा पनि संलग्न देखिएको प्रहरी स्रोत बताउँछन । प्रहरी नायव उपरीक्षक राई श्रीमान श्रीमतीबीचको कनेक्सन अध्ययन गरिरहेको बताए ।

त्यस्तै प्रहरीले बिहीबार दिउँसो लागूऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ । बुढीगंगा गाउँपालिका– ६ स्थित कोयलपुर चोकमा चेकिङ गर्ने क्रममा प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा को १४ प ८६७९ नम्बरको मोटरसाइकलमा सवार मोरङ सुन्दर हरैचा नगरपालिका– ११ का ३३ वर्षिय सुरेन्द्र राई र सुनसरी ईटहरी उपमनपा– ५ बस्ने वर्ष २६ को मनिष परियार छन् ।

उनीहरुको साथबाट एभिल १९ थान, फेरागन १९ थान, डाईजोल्याब २४ थान, लुपिजेसिक २४ थान फेला पारेको थियो । पक्राउ परेका चारजनै माथि अनुसन्धान सुरु गरेको राईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment