Comments Add Comment

कोरोना भाइरसपछि स्वाइन फ्लुको त्रास

अहिले चीनबाट शुरु भएको कोरोना भाइरसले माहामारीको प्रकोप लिएको छ । यसले चीनमा हजारौ मानिसहरुको ज्यान लिइसकेको छ भने हजारौं मानिस उक्त भाइरसबाट संक्रमित भएका छन् । कोरोना भाइरसले चीन मात्र नभई अहिले कोरिया, इटाली र इरानमा पनि आतंक मच्चाएको छ । उता, हाम्रो अर्को छिमेकी राष्ट्र भारतमा भने स्वाइन फ्लूको भाइरस सक्रिय हुन थालेका समाचारहरु सार्वजनक हिुन थालेका छन् ।

एउटा रिपोर्टका अनुसार अहिलेसम्म भारतको राजधानी नयाँ दिल्लीमा स्वाइन फ्लूले ४३ जना मानिसहरुलाई संक्रमित गरिसकेको छ तर अहिलेसम्म यसको कारण कसैको पनि मृत्यु भएको पुष्टि भएको छैन । हाम्रा दुवै छिमेकी राष्ट्रमा अहिले कोरोना भाइरस र स्वाइन फ्लू जस्ता दुई गंम्भीर भाइरसहरु फैलिरहेका छन्, जसका कारण हामीले पनि समयमा नै सावधानी अपनाउन अति नै आवश्यक छ । समयमा नै स्वाइन फ्लूको पहिचान गरेर उपचार शुरु गरियो भने यसबाट गम्भीर स्थितिको सामना गर्नु नपर्ने चिकित्सकहरुको भनाइ छ ।

स्वाइन फ्लू कसरी फैलन्छ ?

स्वाइन फ्लू ज्वारो, जसलाई एचवनएनवनको नामले पनि चिनिन्छ, विशेष गरेर सुँगुरको श्वास-प्रस्वास प्रणालीबाट निस्कने भाइरसको कारण हुन्छ र जसको चपेटामा आएपछि जो कोहि पनि यो इन्फ्लुएञ्जाको शिकार हुन सक्छ । वल्र्ड अर्गनाइजेशन फर एनिमल हेल्थले आफ्नो एउटा रिपोर्टको माध्यमबाट के दावी गरेका छन् भने यो भाइरस अब केवल सुँगुरमा मात्र सिमित छैन । यो  भाइरस मानिसमा पनि सजिलै फैलन सक्छ ।

वास्तवमा स्वाइन फ्लू एउटा सामान्य रोग हो । फ्लूको अर्थ भाइरल इन्फेक्सन भन्ने लाग्छ । यो एक प्रकारको भाइरस हो । यो भाइरस हावामा हुन्छ र हावाको माध्यमबाट हाम्रो शरीरमा प्रवेश गर्छ ।

स्वाइन फ्लूको लक्षण

स्वाइन फ्लूबाट ग्रसित व्यक्तिमा सामान्य रुघाखोकी जस्ता लक्षणहरु हुन्छन् । अन्य लक्षणहरुमा :

-घाँटी खस्खसाउनु ।

-बारम्बार खोकि लाग्नु ।

-धेरै ज्वारो आउनु ।

-टाउको दुख्नु, शरीर दुख्नु, थकान,जाडो भएको अनुभव हुनु, पेट दुख्नु ।

-.सास फेर्न गाह्रो हुुनु ।

हामीले जस्तो प्रकारको इन्फेक्सनको कुरा गरेता पनि यसको सबैभन्दा ठुलो कारण हाम्रो इम्यून सिस्टम बलियो नहुनु हो । यो भाइरस कम उमेरका बालबालिका, वृद्ध-वृद्धा र गर्भवती महिलाहरुमा तिव्र गतिमा फैलन्छ । किनभने उनीहरुको इम्यून सिस्टम कमजोर हुन्छ । यो भाइरस ती व्यक्तिहरुमा पनि तिव्र गतिमा फैलन्छ, जसलाई डाइबिटीजको समस्या हुन्छ र मुटु सम्बन्धि समस्या र अन्य कुनै रोगहरुको पहिले बाट नै उपचार गरिरहेका छन् ।

स्वाइन फ्लूबाट बच्ने उपाय

-यो भाइरसबाट संक्रमित मानिसबाट टाढा रहने कोशिश गर्नु पर्छ ।

-.खोक्दा  र हाछ्यूँ गर्दा मुख र नाक कपडाले छोप्नु पर्छ ।

-तनावमुक्त रहने कोशिश गर्नु पर्छ किनभने तनावले हाम्रो रोग प्रतिरोधक क्षमता कम हुन्छ र प्रतिरोधक क्षमता कम हुनाले संक्रमणको सम्भावना धेरै हुन्छ ।

-.स्टार्च (आलू, चामल आदि) पदार्थहरुको सेवन कम गर्नुु पर्छ । त्यस प्रकारका पदार्थहरु बढी धेरै सेवन गर्नाले शरीरमा रोगहरुबाट लड्ने कोशिकाहरुको सक्रियता कम हुन्छ ।

-दहीको सेवन गर्नु हुँदैन र तातो पानी पिउनु पर्छ ।

-भीँडभाडमा जानबाट बच्नु पर्छ र घरमा नै आराम गरेर बस्नु पर्छ ।

-.सकेसम्म ७ देखि ९ घण्टा सुत्नु पर्छ ।

उपचार

यदि रुघा-खोकीका साथै ज्वारो पनि धेरै आएको छ भने तपाइले तुरुन्त चिकित्सकसंग सम्पर्क राख्नु पर्छ । चिकित्सकको परामर्शबिना औषधीको सेवन गर्नु हुँदैन । हामीमध्ये धेरै मानिसहरु आफु खुशी एन्टिबायोटिक लिन शुरु गर्छौं, जसले स्थितिलाई अझ बढी गम्भिर बनाइदिन्छ । यदि तपाईंलाई धेरै ज्वरो आएको छ भने साधारण सिटामोल सेवन गर्न सक्नु हुन्छ । यदि साधारण सिटामोलले ज्वरो कम भएन भने तपाईं तुरुन्त चिकित्सक कहाँ जानु पर्छ ।

डाक्टरहरुका अनुसार स्वाइन फ्लूबाट आत्तिनु पर्दैन । यो एउटा त्यस्तो संक्रमण हो, जसबाट बच्न सम्भव छ र यसको उपचार पनि उपलब्ध छ । स्वाइन फ्लू भएको कुरा तपाईंले चाँडो भन्दा चाँडो थाहा पाउनु पर्छ । किनभने स्वाइन फ्लूको एन्टि डोज त्यो समयमा मात्र प्रभावकारी हुन्छ, जब यसको बारेमा छिट्टै थाहा हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment