Comments Add Comment

गर्भावस्थामा हुने स्ट्रेच मार्कलाई कसरी रोक्ने ?

गर्भधारणको क्रममा शरीरमा विभिन्न प्रकारका परिर्वतनहरु देखिन्छ । केही मानसिक परिर्वतन हुन्छ भने केही शारीरिक परिवर्तन । शरीरमा हुने परिर्वतनहरुमध्ये केहीलाई तपाईंले महसुस मात्र गर्न सक्नु हुन्छ भने कुनै परिर्वतनलाई बहिरबाट पनि स्पष्ट रुपमै तपाईंको शरीरमै देख्न सकिन्छ । त्यसरी शरीरमा बाहिरबाट स्पष्ट रुपमा देखिने परिर्वतनहरु मध्ये स्ट्रेच मार्क (तन्किएर हुने दाग) एक हो, जुन गर्भधारणको समयमा देखिन्छ र त्यसलाई अधिकांश महिलाहरुले सामान्य रुपमा लिने गरेको पाइन्छ ।

यदि तपाईंले समयमा नै त्यसप्रति ध्यान दिनु भएन भने स्ट्रेच मार्कसधैं भरीका लागि तपाईंको शरीरमा देखिरहन्छ । यदि तपाईं पनि गर्भवती हुनु हुन्छ भने तपाईंले विभिन्न माध्यमबाट स्ट्रेच मार्क हटाउने जानकारीको बारेमा थाहा पाउनु भएको होला । तर एकपटक स्ट्रेच मार्क देखिएपछि त्यसलाई हटाउन विभिन्न उपाय अपनाउनु भन्दा त्यसलाई आउनै नदिनु राम्रो हुन्छ ।

यी कारणहरुले हुन्छ स्ट्रेच मार्क

गर्भधारणको क्रममा वजन बढ्नु, स्तनको आकारमा परिर्वतन हुनु, गर्भाशय बढ्नु जस्ता विभिन्न कारणले गर्दा १० मध्ये ९ जना गर्भवती महिलाहरुलाई स्ट्रेच मार्क हुन्छ ।

के हो स्ट्रेच मार्क ?

जब तपाईंको छाला छोटो समयमा एकदम धेरै तन्किन्छ र पछि खुम्चिन्छ, त्यहि क्रममा छालामा गुलावी, रातो अथवा सिल्वर कलरको धर्को अथवा दागहरु देखिन थाल्छ । यसलाई नै स्ट्रेच मार्क भनिन्छ । जब छालामा अचानक बढी परिर्वतन हुन्छ, तब छालामा समावेश कोलाजन र इलास्टिन, जसले छालालाई टाइट राख्छ, त्यो स्ट्रेच भएर टुक्रन्छ ।

वंशाणु हो स्ट्रेच मार्कको समस्या

स्ट्रेच मार्कको समस्या खासगरी वंशाणुगत कारणले हुन्छ  । अर्थात, यदि तपाईंकी आमा अथवा हजुर आमालाई स्ट्रेच मार्क हुन्थ्यो भने तपाईंको शरीरमा पनि यो देखा पर्न सक्छ । त्यसो त स्ट्रेच मार्क   गर्भवतीका क्रममा हुने अति नै सामँन्य समस्या हो, यद्यपि यो गर्भवती नभएका जो कोहि व्यक्तिलाई पनि हुन सक्छ । त्यस्तो बेलामा स्ट्रेच मार्क हुनबाट कसरी रोक्न सकिन्छ भन्ने बारेमा यहाँ केही जानकारी प्रस्तुत गर्दैछौं ।

गर्भवतीको प्रारम्भिक दिनदेखि नै मोइश्चराइजिङ क्रिम

तपाईं गर्भवती भएको निश्चित भयो भने तपाईंले स्ट्रेच मार्क आउने सम्भावित ठाउँहरुमा मोइश्चराइजिङ क्रिम लगाएर बस्नु फाइदाजनक हुनेछ ।  पेट, स्तन, तिघ्रा तथा हिप शरीरका त्यस्ता भागहरु हुन्, जहाँ सबैभन्दा बढि बोसो जम्दछ । तीनै भागहरुमा गर्भवती अवस्थामा स्ट्रेच मार्क सबैभन्दा बढी आउने गर्दछ ।

त्यसो त तपाईंले भिटामिन ई, कोको बटर तथा शिया बटरले भरिपूर्ण क्रिमको छनोट गर्नु पर्छ र त्यसलाई नियमित रुपले दिनभरीमा दुई देखि तीन पटक छालामा लगाइरहनु पर्छ, खासगरी सुत्नुभन्दा अघि । त्यसो गर्नाले स्ट्रेच मार्क आउनबाट रोक्न सकिन्छ ।

तौलमा नियन्त्रण गर्ने प्रयास

गर्भवती भएको बेला महिलाहरुको तौल अचानक बढ्न थाल्छ । तौल बढ्न थालेपछि उनी गर्भवती महिलाहरुको शरीरमा स्ट्रेच माक्र्स देखा पर्न थाल्छ । त्यसो त गर्भवती अवस्थामा तौल बढ्न स्वभाविक हो, तौल बढ्नु पनि पर्छ । तपाईंको तौलसंग पेटको आकार पनि बढ्छ, त्यसपछि त्यही बेटमा स्ट्रेच मार्क देखिन थाल्छ ।

यद्यपि, यदि तपाईंले आफ्नो तौललाई अत्यधिक मात्रामा बढ्नबाट रोक्न सक्नु भयो भने शरीरका बाँकी भागहरु जस्तै पाखुरा, तिघ्रा, हिप आदि भागमा स्ट्रेच मार्कलाई केही हदसम्म रोक्न सकिन्छ । स्वस्थ डाइटको सेवन पनि तपाईंका लागि फाइदाजनक हुन सक्छ ।

पानी पिउनु उत्तम उपाय

छालाको लचिलोपना कायम गराइरहनका लागि तपाईंको छाला हाइडे्रेटेड भैरहन अनिवार्य छ । छाला कोमल बनाइरहनका लागि मोइश्चराइजिङ क्रिम लगाउनुका साथ-साथै अत्यधिक मात्रा पानी तथा तरल पदार्थको सेवन गर्नु अनिवार्य छ । तपाईंको शरीर तथा छाला भित्रैबाट हाइडे्रट होस् भन्नका लागि पनि यसो गर्नु अनिवार्य छ ।

त्यसो त तपाईंका लागि कति पानी पिउनु अनिवार्य छ भन्ने कुरा तपाईंको शरीरको आवश्यकतामा भर पर्ने कुरा हो, तर गर्भवती महिलाहरुले औषत हरेक दिन दुई लिटर पानी पिउनै पर्छ । गर्भवतीको अन्तिम त्रैमासिकमा भने पानीको मात्रा अझ बढाउनु पर्छ ।

भिटामिने सीले भरिपूर्ण खानेकुरा

छालामा भएको कोलाजनले नै छालालाई बलियो तथा लचिलो बनाउने गर्दछ । कोलाजनको लेभल यदि सही भैरह्यो भने छालामा चाउरीपना तथा स्ट्रेच मार्क आउँदैन । त्यस्तो बेला कोलाजनलाई कायम राख्न तथा त्यसलाई बढाउनका लागि भिटामिन सी अति नै आवश्यक हुन्छ । सुन्तला, कागती जस्ता अमिला फलफूलमा भिटामिन सी अत्यधिक मात्रामा पाइन्छ । तीनको सेवन गर्नाले छालामा कोलाजनको मात्रा कायम हुन्छ र स्ट्रेच मार्क आउन पनि रोकिन्छ ।

डाइटमा जिंक

छालालाई स्वस्थ बनाउनका लागि जिंक पनि अति नै महत्वपूर्ण न्यूटि्रयन्ट हो । जिंकले सूजन तथा जलनको समस्यालाई हटाउँछ र घाउलाई पनि चाँडै नै पुर्न सहयोग पु¥याउँछ। त्यस्तो बेला यदि तपाईंले जिंकले भरिपूर्ण चीजहरुलाई आफ्नो डाइटमा समावेश गर्नु भयो भने पनि स्ट्रेच मार्क आउनबाट रोक्न सकिन्छ । अण्डा, होल ग्रेन, मासु, माछा, ड्राइ फूड आदिमा जिंक भरपूरमात्रामा पाउन सकिन्छ । यीनको सेवन गर्नाले तपाईंको छाला पनि स्वस्थ रहन्छ ।

नियमित व्यायाम

गर्भवतीको अवस्थामा धेर-थोर जति सकिन्छ त्यति व्यायाम गर्नु तथा शारीरिक रुपले सक्रिय रहनु अति नै अनिवार्य छ । त्यसो त, कस्तो प्रकारको व्यायाम गर्ने हो तथा कस्तो प्रकारको व्यायाम गर्नु हुँदैन भन्ने कुराको जानकारीका लागि भने तपाईंले आफ्ना डाक्टरसंगै सल्लाह गर्नु पर्छ । तर, के कुरा सत्य हो भने यदि तपाईंले स्वस्थ डाइटसंगै सही तरिकाले व्यायाम गर्नु भयो भने तपाईंको शरीरको तौल पनि नियन्त्रित भैरहन्छ ।

तौलमा नियन्त्रण आउने बित्तिकै तपाईंलाई स्ट्रेच मार्क आउने सम्भावना पनि कम हुन्छ । साथै नियमित व्यायाम गर्नाले तपाईंको छालामा रगतको सञ्चार पनि बढ्छ, छालामा भएका सेलहरुले पोषण प्राप्त गर्छन् । यी सबै प्रक्रियाले स्ट्रेच मार्क पनि आउँदैन र तपाईंको अनुहारमा गर्भवती भएको बेला समेत ग्लो आउन थाल्छ ।

भिटामिन डीका लागि घाम

एउटा अध्ययनमा के कुरा सावित भैसकेको छ भने शरीरमा भिटामिन डीको कमी तथा स्ट्रेच माक्र्स हुनुको बीचमा केही सम्बन्ध छ । त्यसो त शरीरमा यदि भिटामिन डीको कमी छ भने त्यो कमीलाई पुरा गरेर तपाईंले आफ्नो शरीरमा स्ट्रेच मार्कलाई आउनबाट समेत रोक्नु हुनेछ । त्यसैले भिटामिन डी प्राप्त गर्नका लागि गर्भवती भएको बेला बिहानको घाममा हल्का हिंडडुल गर्नु फाइदाजनक हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment