+
+
Shares

आर्थिक वृद्धिसँगै वित्तीय स्थायित्व प्राथमिकतामा : अर्थमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १६ गते १४:००

१६ फागुन, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले उच्च अंकको आर्थिक वृद्धिसँगै मुलुकमा वित्तीय स्थाष्त्विमा समेत ध्यान दिनु पर्ने बताएका छन् । नेपाल राष्ट्र बैंकको आयोजनामा शुक्रबारदेखि काठमाडौंमा शुरु भएको तेस्रो इकनमिक तथा फाइनान्स कन्फ्रेन्सको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले आर्थिक वृद्धितर्फमात्रै ध्यान दिएर नहुने बताए ।

‘अहिले हामीले उच्च अंकको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेका छौं, लक्ष्यको नजिकमा हामी पुग्छौं नै’ उनले भने, ‘तर हामीले आर्थिक वृद्धिसँगै वित्तीय स्थायित्वलाई समेत ध्यान दिनु पर्ने हुन्छ ।’

उनले बैंकिङ क्षेत्रहरुले गर्ने काम जस्तै गैर बैंकिङ क्षेत्रमा पनि हुन थालेको गुनासो समेत गरे । बैंकले गर्ने काम गैर बैंकिङ संस्थाहरुले गर्न नहुने अर्थमन्त्री खतिवडाले बताए ।

बुधबार शुरु भएको सम्मेलन शनिबारसम्म चल्नेछ । नेपालमा तेस्रो पटक आयोजना भएको यस सम्मेलनमा विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष तथा विभिन्न देशका केन्द्रीय बैंकका प्रतिनिधिहरुले कार्यपत्र प्रस्तुत गर्ने ति कार्यपत्रहरुमा माथि छलफल हुने तालिका छ ।

सम्मेलनमा वित्तीय संघीयता, सार्वजनिक वित्त, अन्तर्राष्ट्रिय व्यापार, विनिमय दर व्यवस्था, पुँजी प्रवाह, रेमिट्यान्स लगायतका विषयमा ५० भन्दा बढी कार्यपत्रहरु प्रस्तुत हुने राष्ट्र बैंकले बताएको छ ।

सम्मेलन सफल बनाउनका लागि राष्ट्र बैंकले डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा आयोजक समिति बनाएको छ ।

श्रेष्ठको संयोजकत्वमा अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट, गभर्नर कार्यालयका कार्यकारी निर्देशक डा. नेफिल मास्के, अनुसनधान विभागका निर्देशक डा. रामशरण खरेल सदस्य रहेका छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?