Comments Add Comment

सानिमा बैंकका ग्राहकलाई फ्युचर वर्ल्डमा एप्पल प्रोडक्ट खरिद गर्दा विशेष छुट

१६ फागुन, काठमाडौं । सानिमा बैंक लिमिटेड र आस्ट्रल कम्प्युटर्स नेपाल (फ्युचर वर्ल्ड) बीच एप्पलका प्रोडक्टजस्तै आईफोन, आईप्याड म्यकबुक तथा अन्य एक्सोसिरिजमा सानिमा बैंकका ग्राहकहरुलाई विषेश छुट प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौताअनुसार सानिमा बैंकका ग्राहकहरुले डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी काठमाडौंको सुनधारास्थित सिभिल मल अवस्थित फ्युचर वर्ल्डमा एप्पलका प्रोडक्ट खरिद गर्दा रु ६ हजार सम्मन नगद तथा सात हजार सम्मका एक्सोसरिज प्राप्त गर्न सकिनेछ ।

साथै बैंकका ग्राहकहरुले सानिमा बैंकको क्रेडिट कार्डमार्फत् १८ महिनाको मासिक किस्ता भुक्तानी गर्न सकिनेछ । सो सम्झौतापत्रमा बैंकको तर्फबाट डिजिटल बैंकिङ्ग विभागका प्रमुख विक्रम श्रेष्ठ र आस्ट्रल कम्प्युटर्स नेपालको तर्फबाट महाप्रबन्धक नवीन जोशीले हस्ताक्षर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment