Comments Add Comment

इस्टर्न रिजनअघि थाइल्याण्डमा नेपालको अन्तिम तयारी (फोटो फिचर)

१६ फागुन, काठमाडौं । एसीसी इस्टर्न रिजन टी२० क्रिकेट प्रतियोगिता खेल्न थाइल्याण्ड पुगेको नेपाली क्रिकेट टोलीले शुक्रबार अन्तिम तयारी गरेको छ । दुई दिनअघि थाइल्याण्ड गएको नेपालले आज अभ्यास गरेको हो ।

एसिया कपको रोडम्यापको रुपमा समेत रहेको यस प्रतियोगितामा नेपालसहित ५ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । शनिवारदेखि शुरु हुने प्रतियोगितामा नेपालले पहिलो खेल मलेसियासंग खेल्दैछ । यस्तै उद्घाटन खेलमा घरेलु टोली थाइल्याण्डले सिंगापुरसंग खेल्नेछ । नेपालले दोस्रो खेल १ मार्चमा हङकङसंग खेल्नेछ ।

नेपालले तेस्रो खेल ४ मार्चमा आयोजक थाइल्याण्डसंग खेल्नेछ भने ६ मार्चमा सिंगापुरसंग अन्तिम खेल खेल्नेछ ।

प्रतियोगिताको उपाधि जित्ने लक्ष्यसहित नेपाली टोली बिहीबार थाइल्याण्ड पुगेको हो । कोरोना संक्रमणको कारण चीन, म्यानमार र भुटानले सहभागिता नजनाएपछि इस्टर्न रिजनमा पाँच टोलीले मात्र खेल्न लागेको हो ।

नेपाल,थाइल्याण्ड, सिंगापुर, मलेसिया र हङकङले राउण्ड रोविन लिगमा प्रतिस्पर्धा गरेपछि अंकतालिकामा शीर्ष दुईमा रहने टिम अगष्टमा मलेसियामा हुने एसिया कप क्वालिफायरमा पुग्नेछन् ।

वेष्टर्न रिजनबाट यसअघि नै युएई र कुवेत छनोट भइसकेका छन् । चार टोली सम्मिलित क्वालिफायरको विजेता टोली मात्र सेप्टेम्बरमा हुने एसिया कपमा छनोट हुनेछ । जसमा पाँच टेष्ट राष्ट्रसहित ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

हेर्नुहोस् मलेसियामा नेपालले गरेको तयारीका तस्वीरहरु 

तस्वीर सौजन्य : रमन शिवाकोटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment