+
+
Shares

मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १६ गते १८:३४

१६ फागुन, वीरगञ्ज । पर्सामा मोटरसाइकलको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बिन्दबासिनी गाउँपालिका–४ झौवाका तीन वर्षीय बालक खुसिद आलम रहेका छन् ।

शुक्रबार बिहान साढे १० बजेको समयमा बाटोमा खेलिरहेको समयमा ना ६५ प ६४२९ नम्बरको माटरसाइकलले खुसिदलाई ठक्कर दिएको मृतक बालकका बुवा आसमहमद आलमले बताए ।

मोटरसाइकलको ठक्करबाट घाइते बालक आलमलाई उपचारका लागि नारायणी अस्पताल वीरगञ्जमा ल्याइएको थियो । उपचार कै क्रममा बालकको दिउँसो पौने १ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

बालकको शव पोष्टमार्टमका लागि नारायणी अस्पतालको शव गृहमा राखिएको छ । ठक्कर दिने मोटरसाइकलका चालक पश्चिम चम्पारण भारत बिहार बस्ने १९ वर्षीय राजकुमार दासलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?