+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

देउवाले मागे नाम, पौडेलको जवाफ : अब विभाग गठन गरे मान्य हुन्न

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १६ गते १९:०२

१६ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विभागहरु गठन गर्ने भन्दै नाम दिन वरिष्ठ नेता रामचन्द्र पौडेललाई आग्रह गरेका छन् । तर पौडेलले अधिवेशन लागि सकेको भन्दै नाम नदिने बताएका छन् ।

कांग्रेस सभापति देउवाले शुक्रबार दिउँसो वरिष्ठ नेता पौडेललाई टेलिफोन गरेर विभागहरु गठन गर्न लागेको बताएका थिए । त्यसका लागि आफ्नो तर्फबाट नाम दिन पौडेललाई आग्रह गरेका हुन् । ‘नाम दिनुस् भनेर भन्दै आउनुभएको हो’ सहमहामन्त्री प्रकाशशरण महतले भने, ‘विधानअनुसार यो सभापतिको अधिकार हो तर सबैको सल्लाहसुझावअनुसार गरौं भनेर भन्न हो ।’

तर वरिष्ठ नेता पौडेलले नाम नदिने बताएका छन् । ‘महाधिवेशनको कार्यतालिका बनेर क्रियाशील सदस्यता वितरण हुन लागिसक्यो’ पौडेलले भने, ‘विभागहरु गठन गर्नुपर्ने बेलामा नगर्ने, अनि अहिले आएर गठन गर्छु भनेर हुन्छ ?’

आफूले नाम पनि नदिने र एकपक्षीय रुपमा गठन गर्ने मान्य नहुने पौडेलले बताएका छन् ।

यसअघि ११ पुसमा पौडेल र कृष्ण सिटौला समूहको बहिस्कारका बीच संस्थापन पक्षले केन्द्रीय कार्यसमितिबाट विभागहरुको सख्या बढाउने निर्णय गरेको थियो । त्ययसँगै चर्किएको विवाद महाधिवेशनको मिति २०७७ फागुन ७ लाई कायमै राखेर अन्य कार्यतालिका हेरफेरमा सहमतिसँगै टुंगिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?