Comments Add Comment

मोटी भएको भन्दै ब्वाइफ्रेण्डले छाडे, अन्ततः बनिन् मिस बेलायत

२६ वर्षको जेन एटकिन मिस ग्रेट ब्रिटेन २०२० बनेकी छिन् । कुनै समय बढी मोटी भएको भन्दै ब्वाइफ्रेण्डबाट धोका पाएकी एटकिन सन् २०२० को बेलायती सुन्दरी घोषित भएकी हुन् ।

लिंकनशायरकी बासिन्दा एटकिनले तीन पटकको प्रयासमा मिस ब्रिटेनको ताज जित्न सफल भएकी हुन् । यसअघि सन् २०१७ मा उनी सुन्दरी प्रतियोगितामा सेमी फाइनलसम्म र सन् २०१८ मा फाइनलसम्म पुगेकी थिइन् ।

कुनै समय प्रेम सम्बन्धमा रहेर सोही प्रेमीसँग बिहे गर्ने योजना समेत बनिसकेको थियो । तर जिउ बढी मोटो भएको र लुक्स राम्रो नभएको भन्दै उनको प्रेमीले उनलाई छाडे ।

मोटो जिउका कारण प्रेम सम्बन्धमा समे धोका पाएकी एटकिनले त्यसपछि कडा मेहेनत गरेर जिउको तौल मात्र घटाइनन् सौन्दर्य प्रतियोगितामा भाग लिएर मिस बेलायत नै बन्न सफल भइन् ।

यसबीचमा उनले अर्को युवकसँग प्रेम सम्बन्ध कायम गरी बिहेसमेत गरिसकेकी छिन् । मिस बेलायतको ताज जित्दा आफू निकै खुसी भएको र विश्वास गर्नै नसकेको उनी बताउँछिन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment