
१६ फागुन, बुटवल । रुपन्देहीका पाँच जना पत्रकारलाई उत्कृष्ट शैक्षिक पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) रुपन्देहीले १० औं साधारणसभाका अवसरमा अनलाइनखबरका बुटवल संवाददाता तथा बुद्ध टेलिभिजनका समाचार संयोजक कपिल ज्ञवाली, बुटवल टुडेका सम्पादक कृष्ण मल्ल, तिलोत्तमा दैनिकका झबिन्द्र देवकोटा, रातोपाटी प्रदेश संयोजक तेजेन्द्र केसी र मेचिकाली दैनिकका प्रकाश आचार्यलाई सम्मानपत्र, नगद र दोसल्ला ओढाएर पुरस्कृत गरेको गरेको हो ।
सो अबसरमा बोल्ने बक्ताहरुले राष्ट्रिय शिक्षा नीतिले संस्थागत शिक्षालयहरुलाई कसरी सम्बोधन गर्छ भन्ने चिन्ता बढेको बताएका छन् । राज्यले संस्थागत विद्यालयलाई सौतेनी ब्यवहार गरेको उनीहरुले बताएका छन् ।
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष नवराज पाण्डेले बन्दै गरेको शिक्षा नीतिले सामुदायिक र संस्थागत विद्यालयको खाडललाई पुर्नपर्ने बताए ।
प्रतिक्रिया 4