
१६ फागुन, काठमाडौं । कोरोना (कोभिड–१९) भाइरसको प्रकोप फैलिएको चीन भ्रमणबाट फर्केका मंगोलियाका राष्ट्रपति बटुल्गा खल्टमालाई क्वारेन्टाइनमा राखिएको छ । राष्ट्रपति बटुल्गा, विदेश मन्त्री लगायत चीनबाट फर्केका अधिकारीहरूलाई १४ दिनका लागि क्वारेन्टाइनमा लगिएको हो ।
कोरोनाको प्रकोप शुरु भएयता चीन भ्रमण गर्ने बटुल्गा पहिलो राष्ट्रप्रमुख हुन् । बेइजिङमा उनले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेट गरेका थिए ।
कोरोना भाइरसको संक्रमणबाट सावधानी अपनाउन राष्ट्रपतिसहितको भ्रमणदलका सदस्यहरुलाई मंगोलिया आइपुगेपछि क्वारेन्टाइनमा राखिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4