Comments Add Comment

‘कैथी’को रिमेकमा अजय पक्का

सफल तामिल चलचित्र ‘कैथी’को हिन्दी रिमेक बन्दैछ । ‘रिलायन्स इन्टरटेन्टमेन्ट’ र ‘ड्रिम वारियर पिक्चरर्स’ले चलचित्रको हिन्दी रिमेक राइट्स किनेका छन् ।

केही समयदेखि बलिउड रिमेकमा को कलाकार रहने हो भन्ने विषयमा धेरै चर्चा भइरहेको थियो । चलचित्रको लागि रणवीर सिंहदेखि ऋतिक रोशनसम्‍मको नाम अग्रपन्तीमा आएको थियो ।

तर, चलचित्रको लागि नायक अजय देवगण पक्का भएका छन् । निर्माण पक्ष र अजयबीच लिखित सम्झौता पनि भइसकेको छ । तामिल ‘कैथी’मा अभिनेता कर्थीले निर्वाह गरेको भूमिका बलिउड रिमेकमा अजयले निर्वाह गर्नेछन् ।

अजय चलचित्रमा ‘इन’ भएसँगै उनी निर्माताको रुपमा पनि खडा भएका छन् । रिलायन्स इन्टरटेन्टमेन्ट, वारियर पिक्चर्ससँग ‘अजय देवगण फिल्मस्’ले पनि चलचित्र निर्माणमा सहकार्य गर्नेछ । चलचित्रको बजेट निकै उच्च हुने निर्माण पक्षले बताइरहेको छ । रिलिज भइसकेको तामिल चलचित्र भन्दा हरेक हिसाबमा उत्कृष्ट बनाउने होडमा निर्माण पक्ष लागेको छ ।

एक्सन तथा थ्रिलर जनरामा निर्माण हुने यस चलचित्रलाई लोकेश कनगराजले निर्देशन गर्दैछन् । तामिल चलचित्र पनि उनी आफैँले निर्देशन गरेका थिए ।

केही समयमा नै छायांकनमा जाने तयारीमा रहेको यस चलचित्रले रिलिज मिति पनि तय गरिसकेको छ । चलचित्रले २०२१ को फेब्रुअरी २१ लाई रिलिज लक्ष्य बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment