Comments Add Comment

अमेरिका र तालिबानबीच शान्ति सम्झौता

१७ फागुन, काठमाडौं । अमेरिकाले अफगानिस्तानबाट हजारौं सैनिक फिर्ता गर्ने सहमति जनाउँदै तालिबानसँग शान्ति सम्झौता गरेको छ ।

हस्ताक्षर समारोहमा सहभागी हुन अमेरिकी विदेशमन्त्री माइक पोम्पियो र तालिबानका नेताहरु कतारको दोहा पुगेका थिए । सम्झौतासँगै १८ वर्ष लामो द्वन्द्व अन्त्य हुने र अफगानिस्तान शान्तितर्फ उन्मुख हुने अपेक्षा गरिएको छ ।

सम्झौताअनुसार तालिबानले आफ्नो प्रतिवद्धताहरु पालना गरेमा अमेरिका र उत्तर एटलान्टिक सन्धी संगठन (नेटो)का साझेदारहरुले १४ महिनाभित्र आफ्ना सबै सेना अफगानिस्तानबाट फिर्ता गर्नेछन् ।

तालिबानले पनि आफ्नो नियन्त्रणमा रहेको भूभागमा अलकायदा र अरु अतिवादी समूहलाई सक्रिय हुन दिने छैन । साथै यसअघि अमेरिकाको कठपुलती भन्दै वार्ता गर्न अस्वीकार गर्दै आएको अफगान सरकारसँग वार्ता पनि गर्नेछ ।

सन् २०१८ को डिसेम्बरमा तालिबानले शान्तिको मार्ग खोज्न अमेरिकी अधिकारीहरुलाई भेट्ने घोषणा गरेको थियो । तर काबुलस्थित सरकारसँग औपचारिक वार्ता गर्न अस्वीकार गर्दै आएको थियो । त्यसपछि कतारमा अमेरिका र तालिबानबीच नौ चरणमा वार्ता भयो । वार्तामा भएको सैद्धान्तिक सहमतिअनुसार अमेरिकाले आफ्ना ४५०० फौजलाई २० साताभित्र अफगानिस्तानबाट फिर्ता गर्ने घोषणा गर्‍यो । तर त्यसको केही दिनमा नै तालिबान समूहले अमेरिकी सेना मारेपछि राष्ट्रपति ट्रम्पले वार्ता जिवित नभएको बताए ।

२०१९ यता भने कतारले वार्ताको आयोजना गर्दै आएको छ ।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment