Comments Add Comment

१ सय वर्षकी यी महिलाले किन मनाइन् बल्ल आफ्नो २५ औँ जन्मदिन ?

कुनै एक सय वर्षको मान्छेले त आफ्नो सयौँ वर्षदिन मनाउनु पर्ने हो । तर जब एक सय वर्ष उमेर पुगेको मानिसले आफ्नो २५ औँ बर्थडे मनाउँदछ भने त्यहाँ केही न केही रहस्य त हुनैपर्छ ।

बेलायतकी डेरिस क्लेफी १ सय वर्षको उमेरमा आफ्नो २५ औँ बर्थडे मनाउने सायद दुनियाकै पहिलो मानिस हुन् ।

सय वर्षको उमेरमा १ सयौँ बर्थडे मनाउन किन पाइनन् उनले ? शनिवार उनले आफ्नो २५ औँ बर्थडे मनाइन् परिवारको साथमा । आखिर किन ? यसको निकै रोचक कारण छ ।

बेलायतको पोर्टस्माउथकी यी हजुरआमाको जन्म २९ फेब्रुअरीमा भएको हो । रोचक त के भने २९ फेब्रुअरी केवल ४ वर्षमा एकपटक अर्थात् अधिक वर्षको बेलामात्र हुने । त्यसकारण उनको बर्थडे चार वर्षमा एकपटक मात्र आउँछ । जसका कारण उनी १ सय वर्षकी हुँदा केवल २५ औँ पटक मात्र आफ्नो बर्थडे मनाउन पाइन्।

उनको २५ औँ बर्थडे परिवारका सदस्यहरु तथा उनी बस्ने वृद्धाश्रमका साथी र कर्मचारीहरुले ठूलो उत्सवसहित मनाइदिए । उनलाई सरप्राइज दिए । आफ्नो जिवनमा चर्चित मान्छे भन्ने चाहना थियो उनको तर पूरा हुन सकेको थिएन ।

१ सय वर्षमा २५ औँ बर्थडे मनाएर समाचारहरुमा छाउँदाचाहिँ आफू चर्चित बन्ने इच्छा पूरा भएको उनले ठानेकी छिन् । बेलायती रानीले आफूलाई जन्मदिनको शुभकामनासहितको चिठी पठाउनेछिन् भन्ने उनको अपेक्षा छ ।

सन् १९७९ मा पतिको मृत्युपछि उनी एक्ली भएकी थिइन् । उनकी बहिनी समेत अहिले ९८ वर्षकी भएकी छिन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment