+
+
Shares

नेपाल आउने जहाज रोक्ने-नरोक्नेबारे प्राधिकरणले अध्ययन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १८ गते २१:१०

१८ फागुन, काठमाडौं । कोरोना भाइरसको संक्रमण मध्यपूर्वी एसिया र यूरोपमा समेत देखिएपछि त्यसको त्रास नेपालसम्म आइपुगेको छ । किनकी त्यहाँ ठूलो संख्यामा नेपाली समुदाय बसोबास गर्छन् ।

पछिल्लो समय कोरोनाको संक्रमण फैलिएका मुलुकले आफ्नो विमानस्थलमा चीनले जति सतर्कता अपनाउन नसके नेपाल समेत प्रभावित हुने सम्भावना छ । अब नेपाल उडान गरिरहेका वायुसेवा कम्पनीको नेपाल उडान रोक्न पर्ने या नपर्नेबारे नेपाल नागरिक उड्डयन प्राधिकरणले अध्ययन गर्दैछ ।

आइतबार पर्यटनमन्त्री योगेश भट्टराईको संयोजकत्वमा बसेको बैठकले नेपाल उडान गरिरहेका जहाजको उडान रोक्न पर्ने वा नपर्ने सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेश गर्न प्राधिकरणलाई जिम्मेवारी दिएको छ । नागरिक उड्डयन प्राधिकरणले दुई दिनभित्र यसबारे प्रतिवेदन दिनेछ ।

प्राधिकरणले कोरोनाको प्रभाव न्यूनिकरण गर्न रोकथामका लागि विभिन्न मुलुकले अपनाएको उडानसम्बन्धी रणनीतिको अध्ययन गर्नुका साथै विज्ञहरुसँग समेत छलफल गरी सुझाव दिने भएको छ ।
बैठकले सडक मार्गबाट नेपाल प्रवेश गर्ने यात्रुको स्वास्थ्य जाँच गर्ने व्यवस्थाका लागि स्वास्थ्य मन्त्रालय र अध्यागमन विभागसँग समन्वय गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?