
१८ फागुन, काठमाडौं । सरकारले चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाएको छ । मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले पौडेललाई फिर्ता बोलाएको निर्णय गरेको हो ।
उहाँलाई बेइजिङबाट फिर्ता बोलाउने निर्णय भएको हो । कारण चाहिँ थाहा छैन’ एक मन्त्रीले भने ।
पूर्व मुख्यसचिव पौडेललाई २०७३ कात्तिकमा चीनका लागि नेपाली राजदूत नियुक्त गरेको थियो । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको सिफारिसमा उनी मन्त्रीस्तरको कूटनीतिक दर्जा पाएर राजदूत नियुक्त भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4