Comments Add Comment

अभिनयमा सुरक्षाको छलाङ्ग

चलचित्रको पर्दामा अनुहार र अभिनय बिक्छ । अनुहार दुइ दिन बिक्छ, अभिनय लामो समयसम्म टिक्छ । यसैले, स्टारडम र अभिनय एकसाथ पाउने कलाकार त भाग्यमानी नै हुन् । तर, लामो समयसम्म टिक्नका लागि त अभिनय नै एक मात्र विकल्प हो ।

नायिका सुरक्षा पन्त पछिल्लो समयकी एक त्यस्ती कलाकार हुन्, जसको अभिनयले सबैको मन जितिरहेको छ । चलचित्र ‘आमा’मा अभिनय गरेपछि त उनले अभिनयमा छलाङ्ग नै मारेकी छिन् भन्दा फरक नपर्ला ।

सुरक्षाले पाएको भूमिका धेरै कलाकारका लागि रहर हुन सक्छ । तर, पात्रलाई जीवन्तता दिन त्यती सजिलो छैन ।

उसो त, सुरक्षाको स्टारडम बलियो छैन । उनलाई जती पनि दर्शकले चिन्छन्, अभिनयको माध्यमबाट नै चिन्छन् । उनले चलचित्र ‘चंगाचेट’मा गरेको अभिनयले दर्शकलाई निराश बनाएको थियो । तर, उनी ‘आमा’ मार्फत फेरि एकपटक शक्तिशाली कलाकारको रुपमा उदाएकी छिन् ।

सुरक्षा, आफैले पनि यो चलचित्रमा अभिनय गरिसकेपछि आफूलाई अब कस्तो चलचित्रमा काम गर्ने चुनौती छ भनेकी छिन् । उनको यो भनाइले पनि के वुझ्न सकिन्छ भने, उनलाई अब कमजोर भूमिकामा काम गर्ने छुट छैन । सायद, एउटा कलाकारले दर्शकबाट पाएको माया र दबाब हो यो ।

चलचित्र ‘आमा’ दोश्रो सातासम्म आइपुग्दा लगानी सुरक्षित गरेर नाफा उन्मुख छ । सुरक्षाका लागि यो सुखद कुरा हो । अभिनयकै कारण दर्शकको मन जितेका थोरै नायिकामा सुरक्षा पनि पर्छिन् । तर, उनको आगामी चलचित्र रोजाई सहज भने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment