Comments Add Comment

दक्षिण कोरियाका एक धार्मिक नेतालाई हत्या अभियोग, कोरोना संक्रमितको सूचना लुकाएको आरोप

१९ फागुन, काठमाडौं । कोरोना भाइरस संक्रमितहरुको परिचय लुकाएको आरोपमा दक्षिण कोरियाका एक धार्मिक नेतासहित ११ जनाविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको छ ।

दक्षिण कोरियाको राजधानी सोलको स्थानीय सरकारले सिन्चन्जी चर्च अफ जीससका संस्थापक ली मान–हीलगायतलाई मुद्दा चलाउन निर्देशन दिएपछि कारबाही प्रक्रिया अघि बढाइएको हो ।

सिन्चन्जी सम्प्रदायका धार्मिक नेताहरुविरुद्ध हत्या र सरुवा रोग नियन्त्रणसँग सम्बन्धित कानूनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको सरकारी अधिकारीहरुलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

धार्मिक नेताहरुले संक्रमणको प्रारम्भिक सूचना लुकाउँदा अन्य शहरमा पनि कोरोना भाइरस फैलिएको त्यहाँको सरकारको निष्कर्ष छ ।

दक्षिण कोरियामा चीनपछि सबैभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् । दक्षिण कोरियामा कोरोनाका कारण २१ जनाको मृत्यु भइसकेको छ भने ३ हजार ७ सय ३० जनाभन्दा बढी संक्रमित छन् । मृतक र संक्रमित भएका धेरैजसो सिन्चन्जी सम्प्रदायका अनुयायी भएको बताइएको छ । सिन्चन्जी सम्प्रदायका दुई लाख ३० हजार सदस्यहरु रहेको बताइएको छ ।

सिन्चन्जी सम्प्रदायका नेता ली मान–हीले आफू ‘मुक्तिदाता’ भएको दाबी गर्दै बिरामी परेकाहरुलाई प्रार्थना गरेमा रोग निको हुने उपदेश दिने गरेका थिए । उनकोसमेत स्वास्थ्य परीक्षण गरिएको र रिपोर्ट सार्वजनिक नभइसकेको बीबीसीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment