+
+
Shares

पौडेलको कार्यसम्पादन र निष्ठामा सरकारले प्रश्न उठाएका छैनौं : मन्त्री ज्ञवाली

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १९ गते १७:४८
तस्वीर : रासस

१९ फागुन, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनका लागि नेपाली राजदूतबाट फिर्ता बोलाइएका लीलामणि पौडेलको कार्यसम्पादन र निष्ठामा सरकारले प्रश्न नउठाएको बताएका छन् ।

सरकारले आइतबार मात्र पौडेललाई फिर्ता बोलाउने निर्णय गरेको थियो भने नयाँ राजदूतमा पूर्वमन्त्री महेन्द्रबहादुर पाण्डेको नाम सिफारिस गरेको छ ।

परराष्ट्र मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले कर्मचारीतन्त्रमा सफल र निष्ठावान पौडेलको कार्यसम्पादन र निष्ठामा प्रश्न नउठाएको बताए । उनले भने, ‘उच्च राजनीतिक तहबाट प्रतिनिधित्व गराउँदा राजनीतिक प्रश्नमा डिल गराउन सहज हुन्छ भन्ने सरकारको बुझाइ हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?