Comments Add Comment

वर्षाको जवाफ–‘अरुको बिहेमा मज्जाले खान पाइन्छ’

नायिका वर्षा राउत र नायक संजोग कोइरालाले एक बर्ष अगाडि बिहे गरेका थिए । गतबर्षको फागुणमा बिहे गरेका वर्षा र संजोगको जोडीलाई धेरैले उदाहरणिय जोडीको रुपमा पनि लिन्छन् ।

अरुको बिहे र आफ्नो बिहेमा के फरक हुन्छ भन्ने मिडियाकर्मीको प्रश्नमा वर्षा भन्छिन्–‘अरुको बिहेमा मज्जाले खान पाइन्छ, आफ्नो बिहेमा खान पाइदैन ।’ वर्षाले यसो भन्दै गर्दा संजोग भन्छन्–‘आफ्नो बिहेमा सबैतिर ध्यान दिनुपर्छ । आएका पाहुनाहरुलाई गाह्रो अप्ठ्यारो भएको छ कि छैन पनि हेर्नुपर्छ ।’

संजोगले श्रीमती सधै नै सही हुन्छन् भन्ने कुरा विर्सन नहुने समेत तर्क गरे । नायिका वर्षा राउतले भने अहिले आफूले प्रेमिका हुँदाको अनुभव सबै विर्सिएको समेत सुनाइन् । तर, प्रेमीबाट श्रीमान् श्रीमती हुँदाको परिवर्तन ‘म्याजिकल’ हुने नायक कोइरालाको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment