Comments Add Comment

ज्वरो आए यात्रा नगर्नुस्, टिकट रद्द गरे भाडा फिर्ता : बुद्ध एयर

२० फागुन, काठमाडौं ।  नेपालको सबैभन्दा ठूलो आन्तरिक वायुसेवा कम्पनी बूद्ध एयरले कोरोना भाइरसको मूख्य लक्षण रुघाखोकी र ज्वरो आएका यात्रुलाई विमानस्थलमा नआउने आग्रह गरेको छ ।

यस्तो लक्षण देखिएका व्यक्ति हवाईजहाज र विमानस्थलमा नआउन आहृवान गर्दै कम्पनीले बरु यात्रा रद्द गर्न सुझाव दिएको छ ।

टिकट रद्द गरेवापत नियमअनुसार भाडा फिर्ता गरिने कम्पनीको भनाइ छ । ‘कोरोना भाइरसको प्रकोप संसारभरी नै फैलिरहेको छ,’ कम्पनीले भनेको छ, ‘यसका लागि हामी सबैले सावधान अपनाउनै पर्छ, तसर्थ कोरोनाको मूख्य लक्ष्य रुघाखोकी तथा ज्वरो आएका व्यक्ति र आफन्तजनले हवाई यात्रा तथा विमानस्थलमा नगइदिनुहुन अनुरोध गर्दछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment