
२० फागुन, काठमाडौं । अनुयायीमाथि जबरजस्तीकरणी गरेको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले आत्मसमर्पण गरेका छन् ।
जिल्ला अदालत, सुनसरीमा उनले आत्मसमर्पण गरेका हुन् ।
उच्च अदालतले ९ माघमा पुर्पक्षका लागि गिरिलाई थुनामा पठाउने आदेश दिएको थियो । आदेश अनुसार उनलाई झुम्का कारागार चलान गर्ने तयारी भइरहेको सुनसरी अदालतका निमित्त श्रेस्तेदार निधिराज दाहालले अनलाइनखबरलाई बताए ।
अदालतमा मुद्दाको बहस हुँदै गर्दा आफ्नो विपक्षमा फैसला आउने छनक पाएपछि उनी भारततिर भागेका थिए ।
यसअघि १६ मंसिरमा जिल्ला अदालत, सुनसरीले उनलाई तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको दिएको थियो । तर, जिल्लाको आदेशविरुद्ध सरकारी वकिल कार्यालय उच्च अदालत, बिराटनगर पुगेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4