Comments Add Comment

मलेसियामाथि सिंगापुरको १२८ रनको जित

टी-२० मा मलेसियाको ८ खेलको अपराजित यात्रा टुङ्गियो

काठमाडौं । सिंगापुरले एसीसी इस्टर्न रिजन क्रिकेटमा मलेसियालाई १२८ रनले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ । थाइल्याण्डमा भइरहेको प्रतियोगितामा फराकिलो हारपछि मलेसियाको ८ खेलको अपराजित यात्रा समेत टुङ्गिएको छ ।

गत अक्टोबरमा भानुआटुलाई पराजित गरेयता मलेसियाले लगातार ८ खेल जितेको थियो । त्यसयता हङकङविरुद्ध ५ खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिज क्लिनस्वीप गरेको मलेसियाले यही इस्टर्न रिजनमा नेपाल र थाइल्याण्डलाई पराजित गरेको थियो ।

लगातार दुई जितपछि सिंगापुर ४ अंकसहित शीर्षस्थानमा छ । २ खेल खेलेको सिंगापुर अपराजित छ । सिंगापुरले पहिलो खेलमा थाइल्याण्डलाई पराजित गरेको थियो । ३ खेल खेलिसकेको मलेसियाको ४ अंक भएपनि रनरेटमा पछि पर्दै दोस्रोमा छ ।

बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा भएको खेलमा सिंगापुरले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २३९ रन बनाएको थियो । टिम डेभिडले विष्फोटक ब्याटिङ गर्दै अविजित ९२ रन बनाए । उनले ३२ बल खेल्दै ९ चौका र ७ छक्का प्रहार गरे । यस्तै ओपनर सिद्धान्तले ५० बल खेल्दै ६ चौका र ४ छक्का मद्दतमा ७७ रन जोडे । अर्को ओपनर सुरेन्द्र चन्द्रमोहनले ४७ रन जोडे । आर्यमन सुनिल उचिलले १६ रन बनाए।

२४० रनको लक्ष्य पछ्याएको मलेसिया १५.१ ओभरमा १११ रनमै अलआउट भयो । मलेसियाका लागि कप्तान अहमद फैज मोहमद नुरले सर्वाधिक २५ रन बनाए । यस्तै सायद अजिज सायद मुबारक र अमिनुदिन रामलीले समान २३ रन बनाए ।

सिंगापुरका अनन्थ कृष्णले ३.१ ओभरमा २८ रन खर्चेर ४ विकेट लिए । यस्तै कप्तान अमजाद महबुबुले २ विकेट लिए ।

सिंगापुरले मलेसियामाथि फराकिलो जित हात पारेपछि नेपाललाई चुनौति थपिएको छ । यसअघि लगातार दुई खेल हारेको नेपाल अंकविहिन छ । आगामी सेप्टेम्बरमा हुने एसिया कपको लागि रोडम्यापको रुपमा रहेको इस्टर्न रिजनबाट शीर्ष दुई टिम अगष्टमा हुने एसिया कप क्वालिफायर पुग्नेछ । उपाधि जित्ने लक्ष्यहसित मलेसिया पुगेपनि शुरुको दुई खेलमा पारजित भएपछि नेपालको लक्ष्यमा ठूल धक्का लागेको छ ।

अब नेपालले बाँकी दुई खेल जितेर मात्र पुग्दैन अन्य ३ खेलको नतिजा पनि नेपाल कै पक्षमा आउनुपर्नेछ ।

आजै हङकङले थाइल्याण्डसँग खेल्दैछ । नेपालाई फाइदा हुन उक्त खेल हङकङले हार्नुपर्नेछ । यस्तै सिंगापुरले पनि हङकङलाई हराउनुपर्नेछ । मलेसिया हङकङसँग हार्नुपर्नेछ । यस्तो भएमा सिंगापुरको ६ अंक हुनेछ । नेपाल, मलेसिया र हङकङको समान ४ अंक हुनेछ र रनरेट निर्णायक बन्नेछ ।

अर्को समिकरण अनुसार यदी सिंगापुरले नेपाल र हङकङसँग फराकिलो अन्तरले पराजित हुने अनि हङकङले बाँकी तीन खेल जितेको खण्डमा हङकङको ८ अंक हुनेछ भने नेपाल सिंगापुर र मलेसियाको समान ४ अंक हुनेछ । यस्तोमा रनरेट निर्णायक हुनेछ । त्यसैले नेपालले आफ्नो खेल ठूलो अन्तरमा जित्नैपर्नेछ भने अन्य खेलको नतिजा आफूअनुकुल हुनुपर्नेछ ।

तर सिंगापुर रनरेटमा निकै माथि रहेको र नेपालको रनरेट माइनसमा रहेकोले नेपालको आगामी यात्रा अंकगणितमा मात्र टिकेको छ । नेपालको यसअघिको दुई खेलको प्रदर्शन हेर्ने हो भने नेपाललाई बाँकी दुई जित्न पनि चुनौती देखिन्छ । सबै समिकरण अन्सार अंकगणित मिल्न पनि नेपालले आफ्नो दुई खेल जित्नैपर्नेछ ।

अब बाँकी खेलमध्ये एउटा खेल मात्र नेपालको अनुकुल भएन भने उपाधि जित्ने लक्ष्य राखेको नेपाल शीर्ष दुईको होडबाट बाहिरिँदै एसिया कपबाट समेत टाढिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment