+
+

जिल्ला उपसभापतिहरुको प्रशिक्षण बहिस्कार गर्ने पौडेल समूहको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २१ गते १७:३६

२१ फागुन, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले जिल्ला उपसभापतिहरूको प्रशिक्षण बहिस्कार गर्ने भएको छ ।

आफ्नो विरोधका बाबजुद पार्टी सभापति शेरबहादुर देउवाले विभागहरू गठन गरेसँगै चिढिएको पौडेल समूहका उपलब्ध केन्द्रीय सदस्य र जिल्ला सभापति र उपसभापतिहरको भेला पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा भएको थियो ।

बैठकले पार्टीको १४ औं महाधिवेशन प्रभावित गर्ने उद्देश्यका साथ कार्यक्रम राखिएको ठहर गर्दै जिल्ला उपसभापतिहरुको भेला बहिस्कार गर्ने निर्णय लिएको नेता सिंहले बताए । ‘१४ औं महाधिवेशनको तिथि मिति तोकिसकेकाले पार्टीमा निर्वाचन आचारसंहिता लागू भइसकेको छ,’ बैठकपछि उनले भने, ‘महाधिवेशनलाई प्रभावित गर्ने कुनै पनि काम अब पार्टीबाट गर्नु हुँदैन ।’

चार वर्षसम्म निष्क्रिय रहेका सभापतिले पार्टी कब्जा गर्ने रणनीतिका साथ अहिले विभागहरु गठन गर्ने, जिल्ला उपसभापतिहरुको भेला गर्न थालेको पौडेल समूहको आरोप छ । चारवर्षे कार्यदल सकिएको दुई दिनपछि सभापतिको सक्रियता सुरु भएको भन्दै नेता अर्जुननरसिंह केसीले भने, ‘पार्टी कब्जा गर्ने रणनीतिका साथ जे जस्ता कामकारबाही भइरहेको छ, त्यसमा हाम्रो असहमति छ ।’

सहमतिका साथ भएका निर्णय र तय गरिएका कार्यक्रमहरूमा भने सहयोग गर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?