Comments Add Comment

विज्ञापनमा खेल्दा दिनको ७ करोड लिन्छन् सलमान

बलिउड नायक सलमान खानलाई पैसाको अभाव छैन । बलिउडमा धेरै सम्पती भएका नायकमा पर्छन्, सलमान । उनको पारिश्रमिक पनि उत्तिकै महंगो छ ।

हिजो आज सलमान प्रतिशतमा रहेर चलचित्रमा काम गर्ने गर्छन् । चलचित्रको नाफाको प्रतिशत लिने सर्तमा उनले चलचित्रमा अभिनय गर्ने गर्छन् । तर, विज्ञापनहरुमा भने उनको चर्को पारिश्रमिक देखिन्छ ।

हालै सलमानले नयाँ रिलिज हुन लागेको मेवाइलको विज्ञापनमा काम गरेका छन् । उक्त मोवाइलको विज्ञापनमा काम गर्दा उनले एक दिनको ७ करोड पारिश्रमिक लिएका छन् । जति दिन छायांकन हुन्छ त्यहीँ हिसाबमा उनले आफ्नो पारिश्रमिक बुझ्नेछन् । यस विज्ञापन खिच्न झण्डै ५ दिन लाग्ने बुझिएको छ ।

सलमानका धेरै फ्यान फलोअर्स छन् । त्यसैले उनलाई मोवाइल कम्पनीले महंगो पारिश्रमिक तिरेर विज्ञापनमा अभिनय गराएको हो । सलमानलाई राखे मोवाइलले राम्रो बजार लिने विश्वास सहित मोवाइल कम्पनीले उनलाई एम्बेस्टर बनाएको हो ।

सलमान खान स्टारर चलचित्र ‘राधे’ रिलिजको तयारीमा छ । यस चलचित्रपश्चात् सलमानले ‘कभी इद कभी दिवाली’मा काम गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment