+
+
Shares

सिद्धार्थ बैंकले दाङको घोराहीमा गर्यो वित्तीय साक्षरता कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २१ गते १७:२४

२१ फागुन, काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले गत आइतबार दाङको घोराहीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

उक्त कार्यक्रम विशेषगरी बैंकिङ कर्जा सम्बन्धी जानकारी जस्तै व्यवसाय दर्ता, व्यापार योजना, वित्तीय व्यवस्थापन, कर्जा व्यास्थापन, व्यापार विस्तार, बैंकिङ प्रणाली र करबारे जानकारी दिने उद्देश्यले गरिएको थियो।

कार्यक्रममा त्यस क्षेत्रका ५० भन्दा बढी साना तथा मझौला व्यापारीहरु सहभागी भएका थिए।

बैंकले देशभर १८२ वटा शाखा (३ एक्स्टेन्सन काउन्टरसहित) १०१ शाखारहित बैंकिङ सेवा, २०४ एटिएम र १ हजार भन्दा बढी पिओएस मेसिनमार्फत् बैकिङ सेवा दिदैं आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?