Comments Add Comment

शिवरामले जिते करियरको ४६औं गल्फ उपाधि

काठमाडौं । शिवराम श्रेष्ठले सुर्य नेपाल गल्फ टुर २०१९-२० अन्तर्गतको चौथो प्रतियोगिता पाइलट गल्फर्स एनपीजीए क्लासिकको उपाधि जितेका छन् ।

रोयल नेपाल गल्फ कोर्षमा बुधबार३ अन्डर ६५ स्कोर गरेका शिवरामले  कुल १२ अण्डर १६९ स्कोरसहित उपाधि जितेका हुन् । उनले शुक्र बहादुर राईलाई तीन स्ट्रोक्सले पछि पारे । यस सिजन दोस्रो उपाधि जितेका शिवरामको यो करियरको ४६ औं उपाधि हो । उपाधिसँगै उनले नगद ९० हजार प्राप्त गरे । शुक्रले ६० हजार प्राप्त गरे । तेस्रो भएका बल बहादुर राईले ४५ हजार प्राप्त गरे ।

नेपालको नम्बर एक खेलाडी भुवन नगरकोटी र दिनेश प्रजापतिले संयुक्त चौंथो हुँदै ३३ हजार प्राप्त गरे । रामे मगर र रबि खड्का संयुक्त रुपमा पाँचौ भए ।  उनीहरुले समान २३ हजार ५ सय प्राप्त गरे ।

प्रतियोगितामा ३७ प्रोफेसनल र ८ एमेचोरसहित कुल ४५ खेलाडीले प्रतिस्पर्धा गरेका थियो ।

नेपालको पहिलो व्यावसयिक पाइलट बद्री के श्रेष्ठको सम्मानमा यो प्रतियोगिता आयोजना गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment