Comments Add Comment

ओहोदाको प्रमाणपत्र बुझाएसँगै भारतीय राजदूत राजनीतिक भेटघाटमा

२२ फागुन, काठमाडौं । नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्राले बिहीबार उपराष्ट्रपति नन्दबहादुर पुन र उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग भेटवार्ता गरेका छन् ।

राजदूत क्वात्राले बिहीबार नै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग पनि भेट गरेका छन् ।

बिहीबार नै राष्ट्रपति विद्यादेवी भण्डारीलाई ओहोदाको प्रमाणपत्र बुझाएका उनले उपराष्ट्रपति नन्दबहादुर पुनसँग शिष्टाचार भेटघाट गरेर उपप्रधानमन्त्री तथा रक्षामन्त्री पोखरेललाई भेट्न सिंहदरबार गएका हुन् ।

सिंहदरबारमा उपप्रधानमन्त्रीसँगको भेटमा भारतीय राजदूत क्वात्राले ‘ह्वाट गान्धी मिन्स टु मि’ पुस्तक दिएका थिए ।

भेटमा उपप्रधानमन्त्री पोखरेलले आफूले भारतीय रक्षामन्त्री राजनाथ सिंहलाई नेपाल भ्रमणको निम्तो पठाएको स्मरण गर्दै उपयुक्त समयमा भ्रमण हुने विश्वास व्यक्त गरेका उनको सचिवालयले जानकारी दिएको छ ।

राजदूत क्वात्राले भारतीय रक्षामन्त्रीको नेपाल भ्रमणको व्यवस्था मिलाउन पहल गर्ने बताए ।

नेपालका तर्फबाट उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले ‘द नेपाल आर्मी’ नामक पुस्तक र हिमालको पेन्टिङ दिएका थिए ।

यसअघि फा्रन्सका लागि भारतीय राजदूत रहेका क्वात्रा आइतबार नेपाल आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment