Comments Add Comment

अनेक भूमिकामा उत्तिकै निपूर्ण गृहिणी

टेलिभिजनमा एउटा विज्ञापन देख्नु भएको होला, जसमा दुई जना साथीहरु धेरै दिनपछि भेट्छन् । पहिलो साथीले दोस्रो साथीलाई सोध्छिन्-तिमी अहिले के गरिरहेकी छौ ? दोस्री साथीले गर्वका साथ भन्छिन्-बैंकमा जागिर खाइरहेकी छु, अनि तिमी नी ? पहिली साथीले अलि अफ्ट्यारो मान्दै भन्छिन्- ‘म त केवल एउटी गृहिणी मात्र हुँ ।’

उक्त विज्ञापनमार्फत् समाजमा गृहिणीहरुलाई कसरी कमजोर आंकलन गरिन्छ भन्ने देखाइएको छ । अथवा, गृहिणीहरु स्वयंलाई नै कमजोर सम्झन्छन् । जबकी उनीहरुको योगदान कामकाजी महिलाहरुको तुलनामा रत्तिभर कम हुँदैन ।

छोरा-छोरीका लागि ट्यूसन पढाउन होस् अथवा घरमा भएका बिरामी बुबा-आमाको सेवा गर्न, कपडा धुने कुरा होस् । अथवा चौबिसै घण्टा परिवारका सदस्यहरुको सेवा गर्ने कुरा, एउटी गृहिणीले एकै दिनमा गर्नुपर्ने कामहरुको सूची निकै लामो हुनसक्छ ।

अधिकांश श्रीमानलाई बिहान उठ्ने बित्तिकै चिया खानुपर्छ, नुहाउनका लागि तातो पानी चाहिन्छ, नुहाइसकेपछि तौलिया पनि चाहिन्छ, जिम जाने बेलामा स्पोर्टस् जुत्ताको आवश्यकता होस् अथवा अफिस जाने बेलामा रुमालको, हरेक कदममा श्रीमतीकै आवश्यकता पर्दछ ।

छोरा-छोरीहरुलाई बिहान उठ्ने बित्तिकै दूध पिलाउनेदेखि लिएर नुहाइदिने, खाना खुवाउने, विद्यालयका लागि तयार गर्ने अथवा बच्चाहरु विद्यालयबाट फर्किएपछि होमवर्क गराउने अथवा उनीहरुसंग बच्चा नै बनेर खेल्नु पर्नेसम्मको जिम्मेवारी एउटी गृहिणीले नै निर्वाह गर्नुपर्छ । सबैभन्दा महत्वपूर्ण कुरा के छ भने एउटी गृहिणीले आमाको रुपमा बच्चाहरुलाई जे दिन्छिन्, त्यो लाखौं रुपैयाँ लिएर पनि कसैले पनि सक्दैन ।

श्रीमतीको सहयोगले नै सफल हुन्छन् श्रीमान्

आमाहरुलाई विश्वभरीमै सबैभन्दा बढि तलब दिनु पर्ने धारणा अधिकांशको हुन्छ । उनीहरुका अनुसार महिलाहरुद्वारा गरिएका घरायसी कामहरुको न त प्रशंसा हुन्छ, न त उनीहरुले तलब नै पाउँछन् ।

एउटा अनुमान अनुसार एक औषत नेपाली महिलाले दिनमा करिव छ घण्टा यसरी काम गर्छिन्, जसका लागि उनलाई कुनै पनि प्रकारको तलब दिइँदैन । यदि उक्त काम बाहिरबाट कसैलाई गराइने हो भने उनीहरुको एउटा निश्चित तलब हुन्छ ।

त्यसैले, यदि गृहिहरुद्वारा घरमा गरिएको कामको गणितिय आंकलन गरियो भने त्यसले सबैलाई आश्चर्यमा पार्ने छ ।

अर्थशास्त्रीहरुका अनुसार गृहिणीहरुले घरमा काम गरेको तलब नपाए पनि उनीहरुद्वारा गरिएका कामहरु समेत आर्थिक गतिविधिहरुमा समावेश हुन्छ र त्यसलाई पनि राष्ट्रिय आयमा जोडिनु पर्छ । त्यसो नगरेर हामीले आर्थिक विकासमा महिलाहरुको सहभागिता घटाइरहेको उनीहरुको तर्क छ ।

गृहिणीहरुको आर्थिक मूल्यका सन्दर्भमा हालै मात्र भारतको सर्वोच्च अदालतले गरेको टिप्पणी मननीय छ । अदालतका अनुसार एउटी गृहिणीको कामलाई अनुत्पादक मान्नुले महिलाहरुप्रतिको भेदभावलाई दर्शाउँछ, त्यो पनि सामाजिक मात्र होइन, सरकारी स्तरमा पनि । अदालतमा एउटा अध्ययनका बारेमा पनि चर्चा गरिएको थियो, जमा भारतका करिब ३६ करोड गृहिणीहरुले गर्ने कामको वार्षिक मूल्य करिब ६१२ दशमलव ८ डलर आंकलन गरिएको छ । घरायसी कामको मूल्य आँकलन नगरिएका कारण नै महिलाहरुको स्थिति उपेक्षित नै छ । त्यसैले यसतर्फ पनि हरेकले ध्यान दिनु अनिवार्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment