Comments Add Comment

ज्वरो आएका यात्रुलाई बुद्ध एयरले घर फर्काउने

२३ फागुन, काठमाडौं । अब आन्तरिक वायुसेवा कम्पनीले समेत ज्वरो नाप गरेर मात्र यात्रुलाई जहाज चढाउन थालेका छन् ।

निजी कम्पनी बुद्ध एयरले शुक्रबारबाट सबै यात्रुको ज्वरो नाप गर्न थालेको छ । विमान चढ्न जानुअघि ‘चेक-इन काउन्टर’मा कर्मचारीले सबै यात्रुको ज्वरो नाप्ने र १ सय फरेनहाइट तथा त्यो भन्दा माथिको ज्वरो देखिने सबै यात्रुलाई घर पठाउन थालिएको बुद्ध एयरले जनाएको छ । बुद्धले काठमाडौंबाट उड्नु अघि र अन्य गन्तब्यबाट काठमाडौं उड्नुअघि विमानस्थलमै ज्वरो नाप्न थालेको हो ।

त्यसअघि बुद्ध एयरले सम्पूर्ण बस, जहाज र आफ्नो उडान कर्मचारीमा कोरोनाको संक्रमण नहोस् भनी विशेष सरकसफाई गरेको जानकारी दिएको छ ।  कोरोना भाइरसको संक्रमण भित्रनै नदिन सतर्कताको काम थालिएको कम्पनीको भनाइ छ ।

यसअघि वायुसेवा कम्पनीहरुले ज्वरो आएमा हवाई यात्रा नगर्न र त्यसको साटो टिकट रद्द गरी पैसा फिर्ता लैजान आहृवान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment