Comments Add Comment

बहुउपयोगी तुलसी : किन रोप्न थालियो आँगनमा ?

गाउँ होस् या त शहरमा समेत हरेक आस्तिक मानिसहरुको घरमा तुलसीको मठ देख्न सकिन्छ । तुलसीको मठ केवल धार्मिक व्यक्तिहरुले मात्रै घरमा राख्नुपर्छ भन्ने मान्यता यदि कसैको छ भने त्यो आफैंमा कमजोर तर्क हुनसक्छ । तुलसीको मठ केवल धार्मिक व्यक्तिको मात्रै नभएर वैज्ञानिक रुपमा समेत महत्वपूर्ण मान्ने गरिन्छ ।

साउन महिनामा बनाएको मठमा तुलसी रोपेसँगै त्यसमा हरेक दिन लिपपोत गरिन्छ । तुलसीको रुख रोपिन्छ, त्यसैको संरक्षण गरिन्छ । सरसफाईसँगै तुलसीको संरक्षण गरिन्छ । त्यसमाथि तुलसी रोपिन्छ । तुलसीसँग धेरै धार्मिक आस्था समेत जोडिने गर्छ । यद्यपि धेरै अक्सिजन प्राप्त गर्नको लागि समेत तुलसी बहुउपयोगी मान्ने गरिन्छ ।

तुलसीलाई घरको आँगनमा मठ बनाएर महत्वका साथ रोप्नुको पछाडि धेरै वैज्ञानिक कारण छन् । तुलसी, जसको आयुर्वेदमा उच्च महत्व छ । घर आँगनमा रोप्दा यसले शोभा मात्र बढाउँदैन । वायु शुद्धीकरण गर्नेदेखि औषधीय उपयोगसम्मको लागि यो महत्वपूर्ण छ ।

बहुगुणी तुलसीलाई उचित संरक्षण गर्ने परम्परालाई हाम्रा पूर्खाहरुले धर्ममा जोडेका हुन् तर यसको वैज्ञानिक महत्व पनि त्यस्तै छ । धर्मसँग जोड्दा त्यो बढी प्रभावकारी र चिरस्थायी पनि हुने भएकाले यसो गरिएको हुनसक्ने विश्लेषकहरु बताउँछन् ।

तुलसी सफा ठाउँमा मठ बनाएर रोप्नुको पछाडि यसको औषधीय महत्वलाई पनि दर्शाउँछ । तुलसीको पात, डाँठ हामी सोझै सेवन गर्न सक्छौं । यसरी खानेकुरालाई सफासुग्घर गरेर राख्नुपर्छ भन्ने पनि हो।

तुलसी कुन दिशामा रोप्ने भन्ने पनि निर्धारण गरिएको छ । सरसर्ती हेर्दा र सुन्दा यो आडम्बर वा वाहियात लाग्नसक्छ । तर, तुलसी यस्तो वनस्पति पनि हो, जसले वायुलाई शुद्धीकरण गर्छ । त्यही कारण वायुको बहकाव कुन दिशाबाट हुन्छ भन्ने आधारमा यसलाई रोप्ने स्थान निर्धारण गरिएको हो ।

तुलसीलाई घरको सम्मुखमा रोप्नुपर्छ । यसलाई पूर्व वा उत्तर दिशामा रोप्नु राम्रो मानिन्छ । यसरी रोप्दा त्यसले वास्तु दोषको असर कम गर्ने धार्मिक विश्वास छ । हिन्दु धर्ममा तुलसीलाई भगवान विष्णुको साउनमा उचित तिथि मिलाएर कतिपयले घरमा तुलसी रोपे होलान् । तुलसी रोप्ने विधि एवं तौर–तरिका छन् । तुलसीलाई घरको कुन दिशातर्फ रोप्ने, कसरी रोप्ने भन्ने कुरा त धेरैलाई थाहा छ ।

वास्तवमा तुलसी रोप्नुलाई धार्मिक आस्थासँग जोडिएको छ । तुलसी मात्र होइन, राम्रो वनस्पति रोप्नु आफैमा पुण्यको काम हो । वनस्पति थरीथरीका हुन्छन् । सबैको आ–आफ्नै गुण हुन्छन् । त्यसमध्ये प्रकृतिमा यस्ता वनस्पति छन्, जो प्राणी जगतका लागि अति उपयोगी छन् । जस्तो कि, तुलसी ।

औषधिको रुपमा तुलसी

तुलसीको एक, दुई पात नियमित रुपमा सेवन गर्दा रोग प्रतिरोधात्मक क्षमता बढ्ने बताइन्छ । यसको साइड इफेक्ट केही पनि छैन । नियमित रुपमा तुलसीको पात चपाउन वा पानीमा उमालेर त्यसको पानी पिउन सकिन्छ । बालबबालिकादेखि बुढाबुढी, रोगी जोकोहीलाई यसको सेवन गराउन सकिन्छ ।

१. तुलसीको पत्ताको तेलमा यूजीनोल, मिथाइल यूजेनल र क्यारियोफिलिन पाइन्छ, जसबाट पेन्क्रियाटिक बीटा सेल्सले राम्ररी काम गर्छ । यसको कारणले शरीरमा इन्सुलिनको मात्रा कायम रहन्छ र ब्लड सुगर पनि ठिक रहन्छ । यसले मधुमेह हुनबाट रोक्छ ।

२. तुलसीमा एन्टी अक्सिडेन्ट र एन्टी कार्सिनोजेनिक गुण पाइन्छ । जसले स्तन क्यान्सर र मुखको क्यान्सर बढ्नबाट रोक्छ ।

३. किड्नीको पत्थरी हटाउनका लागि बिहान तुलसीको रसमा मह मिलाएर पिउनुस । ६ महिनासम्म यसरी पिउँदा किड्नीको पत्थरी मात्रै हट्दैन, यसबाट हुने दुखाईमा पनि आराम मिल्छ ।

४. सासको दुर्गन्ध हटाउन पनि तुलसीको पत्ता सहयोगी हुन्छ । प्राकृतिक भएको कारणले यसको कुनै साइड इफेक्ट पनि हुँदैन । यदि मुखबाट गन्ध आइरहेको छ भने तुलसीको केही पत्ता चबाउनुस । तुरुन्तै गन्ध हटेर बास्ना आउन थाल्छ ।

५. तुलसीको पत्ताको दुई–दुई थोपा रस १४ दिनसम्म आँखामा हाल्दा रतन्धो ठिक हुन्छ । आँखोको पहेँलोपन पनि कि हुन्छ । तुलसीको पत्ताको रस गाजल जसरी आँखामा लगाउँदा आँखाको ज्योति बढ्छ ।

६. सबै प्रकारको ज्वरोलाई जरैदेखि निर्मुल गर्न तुलसी प्रभावकारी हुन्छ । २० तुलसीको पत्ता र १० वटा मरिच मिलाएर बनाएको काँडालाई पिउँदा पुरानोभन्दा पुरानो ज्वरो पनि छुमन्तर हुन्छ । पारासिटामोल र एन्टिबायोटिक्स लिनैपर्दैन ।

७. कुनै पनि प्रकारको छालाको रोगलाई तुलसीले सजिलै ठिक पार्छ । तुलसी घोटेर प्रभावित ठाउँमा लगाउँदा छालाको रोग निर्मूल हुन्छ । तुलसीको पत्ताको रस रातमा अनुहारमा राम्ररुी लगाउँदा डण्डीफोरबाट छुट्कारा मिल्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment