Comments Add Comment

मिस वर्ल्ड टोनीले भनिन् : नेपाल आफ्नै घर जस्तो लाग्यो’

मिस वर्ल्ड टोनी एन सिंह नेपाल आएकी छिन् । तीन दिनको भ्रमण तालिका बनाएर उनी नेपाल आएकी हुन् । शुक्रबार उनी हेलम्बुमा निर्माणाधिन हिमालय ग्रेट ट्रोलको अवलोकन गर्न उनी हेलम्‍बु पुगेकी छिन् ।

हेलम्बुमा उनलाई हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले स्वागत गरेका थिए । मिस वर्ल्ड टोनीलाई हेर्न गाउँका धेरै व्यक्तित्वहरुको उपस्थिती रहेको थियो । स्थानियले टोनीलनई खादा र गुरासको फूलले स्वागत गरेका थिए ।

हेलम्बु पुगेर उनले आफूलाई नेपाल आफ्नै घर जस्तो लागेको बोलिन । उनले भनिन्, ‘नेपाल मलाई आफ्नै घर जस्तो लाग्यो । यहाँहरुको स्वगतले झनै आफ्नै परिवार भएको महशुस गराएको छ । यहाँ सँगै रहेर काम गर्नको लागि हामी निकै उत्साहित छौँ ।’ हेलम्बुका बालबालिकाको उज्जवल भविष्यको लागि सहयोग गर्न तयार रहेको टोनीले बताएकी छिन् ।

टोनीले हेलम्बु कै सोल्सिङ गाउँमा मिस नेपाल वर्ल्ड अनुष्का श्रेष्ठले निर्माण गरिरहेको प्रोजेक्टको पनि अवलोकन गरेकी छिन् । अनुष्काको कदमलाई पनि टोनीले खुलेर प्रशंसा गरिन् ।

टोनीसँगै मिस नेपाल २०१९ अनुष्‍का श्रेष्ठ र मिस नेपाल २०१८ श्रृंखला खतिवडा पनि हेलम्बु पुगेका थिए ।

टोनीले अब मनवनपुरमा श्रृंखला खतिवडाले तयार गरिरहेको प्रोजेक्टलाई पनि अवलोकन गर्नेछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment