Comments Add Comment

पूर्वराजा वीरेन्द्रको घर वैशाख १ देखि खुला हुने

शुल्क ५० देखि १ हजार रुपैयाँसम्म

२४ फागुन, काठमाडौं । पूर्वराजा वीरेन्द्र शाहको निजी निवास अवलोकन अब सर्वसाधारणले पनि गर्न पाउने भएका छन् । चैत १ देखि गणतन्त्र स्मारक सञ्चालन गर्ने निर्णय गरेको नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले पूर्वराजा वीरेन्द्र बस्ने गरेको निजी निवास पनि सर्वसाधारणका लागि खुला गर्न लागेको हो ।

यही वैशाख १ गतेबाट वीरेन्द्रको निजी निवास सर्वसाधारणले अवलोकन गर्नसक्ने गरी प्रबन्ध मिलाइएको विकास समितिले जनाएको छ । यसअघि नारायणहिटी दरबार संग्रहालय सर्वसाधारणका लागि खुला भए पनि राजा वीरेन्द्रको निजी निवास प्रवेश गर्न दिइएको थिएन ।

त्यसो त नारायणहिटीसँगै निर्माण गरिएको गणतन्त्र स्मारक पनि आउँदो चैत १ गतेदेखि सर्वसाधारणका लागि खुला हुने भएको छ ।
केही महिनाअघि मात्रै उद्घाटन भएको स्मारक चैत १ देखि खुला गर्न लागिएको नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालक विकास समितिले जनाएको छ ।

समितिका अनुसार स्मारक बिहान ८ देखि अपराह्न ४ बजेसम्म खुला रहनेछ । सुरुको १ महिना निःशुल्क प्रवेशको व्यवस्था समितिले मिलाइएको छ ।

विकास समितिका अनुसार, ९ वर्षमुनिका विद्यार्थी र ७० वर्षका ज्येष्ठ नागरिकका लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । अन्यको हकमा भने शुल्क लाग्नेछ । विद्यार्थी, स्वदेशी, सार्कका विदेशी र त्यसबाहेकका देशका नागरिकलाई ४ वर्षमा विभाजन गरी विकास समितिले शुल्क निर्धारण गरेको हो । शुल्क ५० रुपैयाँदेखि १००० सम्म तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment