Comments Add Comment

चट्याङ लागेर श्रीमानको मृत्यु, श्रीमती घाइते

२४ फागुन, मकवानपुर । जिल्लाको भीमफेदीमा आज बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् ।

भीमफेदी गाउँपालिकाको च्याउखोला भन्ने ठाउँमा चट्याङ लागेर स्थानीय २३ वर्षीय विजय स्याङ्तानको उपचारका क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय, मकवानपुरका अनुसार २२ वर्षीया सविना स्याङ्तान घाइते भएकी छन् । उनी चट्याङ लागेर ज्यान गुमाउने विजयकी श्रीमती हुन् । उनको उपचार भइरहेको छ ।

जिल्लाको पहाडी क्षेत्रमा अत्यधिक मात्रामा चट्याङका घटना हुने गर्दछ । सरकारी तथा गैह्र सरकारी निकायको चेतना मुलक कार्यक्रम एवम् चट्याङ प्रतिरोधी उपकरण जडानका कारण पछिल्ला वर्षमा चट्याङबाट हुने मृत्युदरमा कमी आएको भएतापनि चट्याङका कारण मानवीय तथा अन्य क्षति हुने जिल्लामध्ये मकवानपुर अग्रपङ्क्तिमै रहेको पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment