Comments Add Comment

डीआईजी कटौतीबारे गृह सचिव–आईजीपी भनाभन

३८ क्विन्टल सुन तस्करीका तीन अभियुक्त दुबईमा व्यापार गर्दै

२६ फागुन, काठमाडौं । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित दैनिक अखबारहरूले विविध विषय उठाएका छन् । यसमध्ये कोरोनासँग सम्बन्धित विषयले विशेष प्राथमिकता पाएको छ । यसबाहेक डीआईजी कटौलाई लिएर गृह सचिव र आईजीपीबीच भएको भनाभन, शिक्षकले विद्यार्थीमाथि दिने यातनालगायत विकृतिको पाटो पनि आजका पत्रपत्रिकाहरूले उधिनेका छन् ।

डीआईजी कटौतीबारे गृह सचिव र आईजीपीबीच भनाभन भएको समाचार कान्तिपुरले छापेको छ । समाचार अनुसार, गृह सचिव महेश्वर न्यौपानेले डीआईजी कटौती गर्ने प्रस्ताव गरेका थिए । उनले समायोजन र संगठन तथा व्यवस्थापन सर्वेक्षण बन्ने क्रममा रहेको र १० वटा डीआईजी पद खारेज गर्ने विषय प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीलाई सुनाएका थिए । तर, यसमा ज्ञवालीले आपत्ति जनाएको समाचारमा उल्लेख छ । कान्तिपुरका अनुसार, कुनै करिअर प्लान नबनाइ औचित्य र आधार पुष्टि नगरी डीआईजीको दरबन्दी कटौती गर्ने कुरा कहाँबाट आयो भन्दै ज्ञवालीले प्रश्न गरेपछि दुईबीच भनाभन भएको थियो ।

बजारमा एलपी ग्यासको अभाव हुन नदिने गरी सरकारले आयात बढाएको अर्को खबर पनि कान्तिपुरमा छ । सरकारसँग पर्याप्त मौज्दात हुँदाहुँदै पनि अभाव हुन सक्ने आशंका गर्दै उपभोक्ताले जगेडा राख्न थालेपछि कोटा थप गरिएको हो ।

‘अंक बढाउन विद्यार्थीमाथि अत्याचार’ शीर्षकमा नयाँ पत्रिकाले विद्यार्थीमाथि शिक्षकबाट हुने गरेका यातनाबारे चिरफार गरेको छ । राम्रो अंक ल्याउने र विद्यालयको प्रतिष्ठा बढाउने होडबाजीमा शिक्षकले आफ्नै विद्यार्थीलाई प्रताडित बनाउने क्रम बढेको नयाँ पत्रिका समाचारको सार छ ।

अस्ट्रेलियामा नेपाली युवालाई कोरोना पोजेटिभ भेटिएकोदेखि ३८ क्विन्टल सुन तस्करीका तीन अभियुक्त दुबईमा व्यापार गरिरहेको सम्मका खबर नयाँ पत्रिकाको पहिलो पृष्ठमा छ । यसरी दुबईमा व्यापार गरिरहेका अभियुक्तहरूमा कृष्णगोपाल अग्रवाल, हरिशरण खड्का र रमेश उप्रेती छन् । इन्टरपोलले रेड नोटिस जारी गरेपछि उनीहरु पक्राउ परेका थिए । दुबई प्रहरीले उनीहरुलाई तारेखमा राखे पनि नेपाल फर्काउन भने मानेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment