Comments Add Comment

राष्ट्रपति भण्डारीद्वारा फागुपूर्णिमाको शुभकामना

२६ फागुन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुपूर्णिमा (होली) को अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरुमा शुभकामना व्यक्त गरेकी छन् ।

सोमबार एक शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले मौलिक संस्कृतिको संरक्षण र सम्वद्र्धनमा गर्न प्रेरणा मिलोस् भन्ने कामना गरेकी छन् ।

रङहरुको पर्वका रुपमा देशैभर उत्साहका साथ मनाइने फागुपूर्णिमा यस वर्ष पहाडी र हिमाली जिल्लामा यही फागुन २६ गते र तराईका जिल्लामा फागुन २७ गते मनाइँदै छ ।

राष्ट्रपति भण्डारीले सांस्कृतिक विविधतायुक्त नेपाली समाजमा यस पर्वले समस्त नेपालीबीच सामाजिक सद्भाव, सहिष्णुता, राष्ट्रिय एकता र ऐक्यबद्धता कायम राख्न योगदान पुर्याउने विश्वास पनि व्यक्त गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment