+
+
Shares

विदाको दिन सरकारी गाडी दुर्घटना, चालक फरार

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २५ गते २१:१३

२५ फागनु, काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–२ मा शनिबार साँझ सरकारी गाडी दुर्घटनामा परेको छ ।

स्वास्थ्य मन्त्रलायको बा १ झ ६६५८ नम्बरको गाडी विदाको दिन पोलमा ठोक्किएको अवस्थामा फेला परेको हो ।

महानगरीय ट्राफिक महाशाखाका प्रमुख भीमप्रसाद ढकालका अनुसार गाडी कसको हो भन्ने खुलिसकेको छैन ।

सार्वजनिक विदा भएकाले चालक पनि सम्पर्कमा आएका छैनन् ।

‘सरकारी अड्डा खुलेको दिन चालकलाई कानून बमोजिम जरिवाना हुन्छ’, उनले अनलाइनखबरसँग भने ।

अत्याधिक मादक पदार्थ सेवन गरेर गाडी चलाएका कारण दुर्घटना भएको हुनसक्ने आशंका गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?