Comments Add Comment

इटलीमा कोरोना संक्रमण दर २५ प्रतिशतले वृद्धि

थप १३३ को उपचारका क्रममा मृत्यु

२६ फागुन, काठमाडौं । इटलीमा कोरोनाको संक्रमण दर २५ प्रतिशतले बढेको छ । आइतबार मात्रै यहाँ थप १३३ को ज्यान गएको छ । योसँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ सय ६६ पुगेको छ ।

कोरोना संक्रमण न्यूनीकरणका लागि इटलीले लोम्बडी र १४ प्रान्तका एक करोड ६० लाख मानिसलाई नयाँ क्वारेन्टाइनअन्तर्गत यात्रका लागि विशेष अनुमति लिनुपर्ने व्यवस्था गरेको थियो । तथापि, संक्रमण र मृत्युदर कम हुनुको साटो बढ्दै गएको छ ।

बीबीसीका अनुसार इटलीमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३६६ पुगेको छ । यसअघि इटलीका ५ हजार ८ सय ८३ जना कोरोना संक्रमित रहे पनि यो संख्या बढेर ७ हजार ३ सय ७५ पुगेको छ । यो यसअघिको संक्रमणदरभन्दा २५ प्रतिशतले बढी हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार, उच्च व्यक्तिहरूलाई समेत कोरोना भेटिएको छ । यो सूचीको पहिलो नम्बरमा इटलीका सेना प्रमुख पनि छन् । यद्यपि, उनले स्वास्थ्यलाभ गरिरहेको बताएका छन् ।

कुन देशको अवस्था के छ ?

कोरोनाको उद्गमस्थल चीन हालसम्म ३ हजार १ सय १९ जनाको यसको संक्रमणका कारण ज्यान गएको छ । चीनमा थप २२ को मृत्यु भएको हो । यहाँका ८० हजार ७ सय ३५ मानिसमा कोरोनाको लक्षण देखिएको छ । यद्यपि, चीनमा कोरोना नियन्त्रणउन्मुख बन्दै गएको छ । चिनियाँ सञ्चारमाध्यमका अनुसार यहाँका ५८ हजार ६ सय २ मानिसले स्वास्थ्यलाभ गरेका छन् ।

चीनपछि इटली कोरोनाको चपेटामा परेको छ । यहाँ अहिलेसम्म ३ सय ६६ जनाको ज्यान गइसकेको छ । ७ हजार ३ सय ७५ संक्रमित छन् ।

साउथ कोरियामा हालसम्म कुल ५३ जनाको मृत्यु भएको छ । पछिल्लोपटक यहाँ ३ संक्रमितको ज्यान गएको छ । ७ हजार ३ सय ८२ मा कोरोनाको लक्षण देखिएको छ ।

इरानका ६ हजार ५ सय ६६ मानिसमा अहिलेसम्म कोरोनाको लक्षण भेटिएकोमा १ सय ९४ जनाको ज्यान गएको छ ।

फ्रान्स, जर्मनी, डाइमन्ड प्रिन्सेस, स्पेन, अमेरिका, जापान, स्विट्जरल्यान्ड, बेलायत, नेदरल्यान्डलगायतका देश पनि कोरोनाको कहरसँग जुधिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment